खाद्यले दशैंमा खसी, बोका र च्याङ्ग्रा नबेच्ने
५ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंमा खसी, बोका र च्याङ्ग्रा विक्री नगर्ने भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण आपूर्ति व्यवस्था अन्योलमा परेपछि कम्पनीले विक्री नहुने जनाएको हो ।
खरिद विभागका विभागीय प्रमुख अनन्तराज पौडलका अनुसार खसी बोका र च्याङ्ग्रा खरिदका लागि सम्बन्धित कार्यलयमार्फत स्थानीय तहहरुमा पत्राचार भइसकेको थियो । कम्पनीले यसअघि करिव १ हजार ५ सय खसीबोका र ३ सय च्याङ्ग्रा आपूर्ति गरी सुपथ मूल्यमा विक्री गर्ने तयारी गरेको थियो ।
अनलाइन प्रणालीमार्फत खसीबोका विक्री गर्ने योजनाथियो । २५/३० वटा अर्डर समेत आएको थियो ।
तर जेन—जी आन्दोलन र सडक अवराधका कारणले यस वर्ष खसी, बोका र च्याङ्ग्रा ल्याउन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सूचना अधिकारी माधव मिश्रले जानकारी दिए । उनले भने, ‘देशमा देखिएको परिवर्तित राजनितिक घटनाक्रमले गर्दा तयारी चरणमा हामीलाई केही असहज अवस्था सिर्जना भयो र यो कति लम्बिन्छ भनेर हामीले पूर्वानुमान गर्न सकेनौं ।’
आन्दोलन सकिएपछि केही गर्न सकिन्छ कि भनेर तयारी गर्न खोजेको उनले सुनाए । तर देशभर बाटो अवरुद्ध भएको भन्दै मिश्रले भने, ‘तपाईँहरुले पनि सुन्नुभएको छ, ३६ घण्टा बन्द हुने, २०/२२ घण्टा बन्द हुने । त्यो अवस्थामा खसीबोका र च्याङ्ग्रा मरेर झन ठुलो चाहीँ नोक्सानी हुने र म्यासेज पनि नराम्रो जाने हुनसक्ने आकलन गरेर यो वर्ष खसीबोका र च्याङ्ग्रा नल्याउने निर्णय गरेको छौं ।’
खाद्य कम्पनीले सुपथ मूल्यमा सेवा दिन पनि निजी क्षेत्रलाई आग्रह गरेको छ । साथै मूल्यवृद्धि नियन्त्रणका लागि अनुगमन गर्ने बताएको छ ।
दशैंका लागि आवश्यक खाद्यान्न र अन्य सामग्री भने सुपथ पसलमार्फत विक्री वितरण शुरु गरिसकेको छ ।
रास्वपा किन फेर्न चाहन्छ भारुसँगको फिक्स्ड सटही दर ?
नयाँ मन्त्रीहरुलाई छैन क्वार्टर, कहाँ बस्छन् ?
ग्यास संकट : दैलेखको ग्यास निकाल्न मिल्दैन ?
रास्वपाको सरकारले कर घटाउँछ ?
नेपालको भविष्य बदल्ने एउटा सुरुङमार्गको दुःखान्त

-1773930665.jpeg)



