हितेन्द्रको ऊर्जा आयोगमा सरुवा, प्राधिकरणको कार्यकारी निर्देशक भए सिलवाल
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ । हालका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीसरहको विज्ञका रुपमा काम गर्ने गरी सरुवा गरेको छ ।
गत चैत ११ मा कुलमान घिसिङलाई बर्खास्त गर्दै तत्कालीन सरकारले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । कुलमानले अदालतमा यसविरुद्ध मुद्दा दायर गरेपनि अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको थियो ।
जेन–जी आन्दोलनपछि घिसिङ ऊर्जा मन्त्री भए । लगत्तै उनले शाक्यलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए ।
त्यसअनुसार शाक्यलाई आजको बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई प्राधिकरणको जिम्मेवारीबाट हटाएको हो ।
यसअघि २०७८मा पनि कुलमान घिसिङलाई दोस्रो पटक कार्यकारी निर्देशक नियुक्त गर्दा शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरूवा गरिएको थियो ।
तर, उनले त्यसको नियुक्ति नलिई कानुनी लडाइँ लडेका थिए ।
काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?





