तुइन खोलाको पहिरो फाल्न भोलिसम्म लाग्ने
मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोलामा खसेको पहिरो पन्छाउन अझै दुई दिन लाग्ने देखिएको छ । करिब २० मिटर माथिबाट खसेको पहिरोले १६० मिटर लामो सडकमा १० मिटरसम्म बाक्लो माटो र ढुंगा थुपारेको छ ।
बुधबार साँझ ६ बजेदेखि नारायणगढ र मुग्लिन दुबै तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ । डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार दुबै तर्फ गरी ७ वटा मेसिनहरु प्रयोग गरिएको छ । तर सबै मेसिनले एकै पटक काम गर्न सक्ने अवस्था छैन ।
‘मेसिन भए पनि वर्किङ स्पेस छैन, माथिबाट पहिरो झर्यो भने भाग्ने स्पेस पनि चाहिन्छ । हामीले आफ्नो क्यापासिटी अनुसार, यहाँ भएको साइट कन्डिसन अनुसार काम गरिरहेका छौं’,उनले भने ।
यसअघि गत आइतबार पनि तुइनखोलामा पहिरोले सडक अवरुद्ध गरेको थियो । यसपटक अघिल्लो पटक भन्दा पनि उचाइबाट पहिरो खसेको इन्जिनियर घिमिरेले बताए ।
पहिरोमा माटो र चट्टान दुबै झरेकाले पन्छाउन समय लागेको उनले बताए । ढुंगा धेरै भेटिएमा पर्सिसम्म लाग्न सक्छ, ढुंगा धेरै भेटिएन भने भोलि बेलुकासम्म सकिन्छ’, उनले भने ।
आइतबार पहिरो झरेपछि डिभिजन सडक कार्यालयका अधिकारीहरुले ड्रोन क्यामेराबाट पहिरोको अवस्था हेरेका थिए । त्यतिबेला नै फेरि पहिरो झर्न सक्ने उनीहरुको अनुमान थियो ।
अहिले अवस्था कस्तो छ भन्नेबारे यकिन नभएको इन्जिनियर घिमिरेले बताए ।
भिजिट भिसामा तीर्थराजको रेट ४० हजार
हितेन्द्रदेव शाक्यको पक्षमा सर्वोच्चको फैसला
मधेशमा २४ दिनमै ढल्यो एमाले सरकार, अर्को गठनका लागि २ दिन समय
जेनजी आन्दोलनसँग टीओबीको साइनो, प्रहरी अनुसन्धानले के देखायो ?
आफ्नो शेयर रहेको कम्पनीलाई मुद्दा नचल्ने निर्णयले महान्यायाधिवक्ता विवादमा





-1765982600.jpg)


