तुइन खोलाको पहिरो फाल्न भोलिसम्म लाग्ने
मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोलामा खसेको पहिरो पन्छाउन अझै दुई दिन लाग्ने देखिएको छ । करिब २० मिटर माथिबाट खसेको पहिरोले १६० मिटर लामो सडकमा १० मिटरसम्म बाक्लो माटो र ढुंगा थुपारेको छ ।
बुधबार साँझ ६ बजेदेखि नारायणगढ र मुग्लिन दुबै तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ । डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार दुबै तर्फ गरी ७ वटा मेसिनहरु प्रयोग गरिएको छ । तर सबै मेसिनले एकै पटक काम गर्न सक्ने अवस्था छैन ।
‘मेसिन भए पनि वर्किङ स्पेस छैन, माथिबाट पहिरो झर्यो भने भाग्ने स्पेस पनि चाहिन्छ । हामीले आफ्नो क्यापासिटी अनुसार, यहाँ भएको साइट कन्डिसन अनुसार काम गरिरहेका छौं’,उनले भने ।
यसअघि गत आइतबार पनि तुइनखोलामा पहिरोले सडक अवरुद्ध गरेको थियो । यसपटक अघिल्लो पटक भन्दा पनि उचाइबाट पहिरो खसेको इन्जिनियर घिमिरेले बताए ।
पहिरोमा माटो र चट्टान दुबै झरेकाले पन्छाउन समय लागेको उनले बताए । ढुंगा धेरै भेटिएमा पर्सिसम्म लाग्न सक्छ, ढुंगा धेरै भेटिएन भने भोलि बेलुकासम्म सकिन्छ’, उनले भने ।
आइतबार पहिरो झरेपछि डिभिजन सडक कार्यालयका अधिकारीहरुले ड्रोन क्यामेराबाट पहिरोको अवस्था हेरेका थिए । त्यतिबेला नै फेरि पहिरो झर्न सक्ने उनीहरुको अनुमान थियो ।
अहिले अवस्था कस्तो छ भन्नेबारे यकिन नभएको इन्जिनियर घिमिरेले बताए ।
काठमाडौंमा मृगौला किनबेचको असफल प्रयास
मासिएको प्राचीन पोखरीले पायो आकर्षक र रमणीय रुप
बालश्रमसम्बन्धी नयाँ विधेयक : बालेनले अब भन्नु पर्दैन सरी !
कृषि अनुदानको नाममा राज्यकोषको यो हदको दुरुपयोग !
सुनसरीमा कर्फ्यु उल्लंघन भएपछि सेना सडकमा








