बाढी–पहिरोका कारण ४० जनाको मृत्यु, इलाममा मात्र २८ जनाको ज्यान गयो
१३ जना बेपत्ता
अविरल वर्षापछिको बाढी, पहिरोका कारण देशभर ४० जनाको मृत्यु भएको छ, १३ जना बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी बलका अनुसार सबैभन्दा धेरै इलाममा २८ जनाको मृत्यु भएको छ । त्यस्तै पाँचथरमा ६, रौतहटमा ३, उदयपुरमा २ र खोटाङमा १ जनाको मृत्यु भएको छ ।
शुक्रबार रातिदेखिको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण इलामको माइजोगमाइ गाउँपालिका, इलाम नगरपालिका, सूर्योदय नगरपालिका, मान्सेबुङ गाउँपालिका, देउमाइ नगरपालिका, सन्दकपुर गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा गरी २८ जनाको मृत्यु भएको छ ।
इलामको माइजोगमाइ गाउँपालिकामा ८, इलाम नगरपालिकामा ६, सूर्योदय नगरपालिकामा ५, मान्सेबुङ गायँपालिकामा ३, देउमाइ नगरपालिकामा २ र फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको छ । त्यस्तै सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
इलाम नगरपालिका–६ घोसमा स्थानीय डम्बरबहादुर तामाङको घर पहिरोले पुरिँदा ६ जनाको मत्यु भएको छ । सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा स्थानीय राजु क्षेत्रीको घर पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ ।
देउमाइ नगरपालिका–५ धुसेनीमा दीपक लिम्बुको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । प्रहरीले एक जनाको सकुशल उद्दार गरेको छ ।
माङसेबुङ गाउँपालिका–५ पाटीगाउँमा मदन लिम्बुको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायब प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
डोजर रोक्ने रास्वपाको निर्णय बालेनले मान्लान् ?
बुद्धको ज्ञान बोलीमा होइन, व्यवहारमा देखाऊ
अनलाइन सपिङमा ठगहरुको बिगबिगी, कसरी जोगिने ?
बालेनको निर्देशनपछि प्रहरीको खानतलासी, आतंकित छ सुकुम्बासी बस्ती
जेष्ठ नागरिकहरुमा विर्सने समस्या बढ्दो

-1777651991.jpeg)

-1777978198.png)



