बाढी–पहिरोका कारण इलाममा मात्र ३७ जनाको मृत्यु
इलाममा बाढी पहिरोका कारण पछिल्लो २ दिनमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ । यो सँगै असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । बाढी-पहिरोका कारण पाँचथरमा ६, रौतहटमा ३, उदयपुरमा २ र खोटाङमा १ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बलका अनुसार इलामको देउमाइ नगरपालिका र माइजोगमाइ नगरपालिकामा ८–८ जनाको मृत्यु भएको छ ।
सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा ६–६ जना, सूर्योदय नगरपालिकामा ५ जना, माङ्सेबुङ गाउँपालिकामा ३ जना र फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सूर्योदय नगरपालिकामा मृत्यु हुनेमा वडा नं १ की ६०–६५ वर्षकी मनमाया क्षेत्री, ११ वर्षकी रश्मीका क्षेत्री, ४०–४५ वर्षकी महिला र १५–१६ वर्षकी बालिका रहेका छन् ।
इलाम नगरपालिका–६ मा एकै घरभित्र घरका सदस्य र पाहुनाहरुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २३ वर्षका समीर देउसाली, २३ वर्षका प्रविन पाख्रिन, २३ वर्षकी बिराज पाख्रिन, ३२ वर्षकी अनु तामाङ, पाहुना आएका ३२ वर्षकी प्रनिशिका मगर र ४ वर्षका आरुष दनुवार रहेका छन् ।
काठमाडौंमा मृगौला किनबेचको असफल प्रयास
मासिएको प्राचीन पोखरीले पायो आकर्षक र रमणीय रुप
बालश्रमसम्बन्धी नयाँ विधेयक : बालेनले अब भन्नु पर्दैन सरी !
कृषि अनुदानको नाममा राज्यकोषको यो हदको दुरुपयोग !
सुनसरीमा कर्फ्यु उल्लंघन भएपछि सेना सडकमा








