नेभिगेशन
समाज

बीपी राजमार्ग खुल्न कम्तीमा ३ दिन लाग्ने

अविरल वर्षाका कारण अवरुद्ध भएको वीपी राजमार्ग खुल्न कम्तीमा ३ दिन लाग्ने भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार बीपी राजमार्गको धुलिखेल भकुन्डेबेसी क्षेत्रमा बाढी– पहिरोले धेरै क्षति पुर्‍याएको छ । बाढी र पहिरोका कारण बीपी राजमार्ग गत वर्षजस्तै क्षति भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार ३ दिनसम्म यो राजमार्गमा गाडी चल्ने सम्भावना छैन । पानीको सतह नघटेका कारण  सडक बनाइहाल्न सक्ने अवस्था नभएको उनले बताए ।

पानीको सतह घटेपछि बल्ल सडक बनाउन सकिने भन्दै उनले भोलिदेखि मात्र सडक बनाउन सकिने बताए । बीपी राजमार्गको यो खण्ड अवरुद्ध भएका बेला साना गाडीहरु तेमाल हुँदै जान सक्ने मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज