नेपाल टी–२० विश्वकपमा छनोट हुने सम्भावना कति ?
टी–२० विश्वकप छनोटको अहिले डिफरेन्ट फर्म्याटमा छ । क्वालिफाई हुने तरिकै फरक छ ।
पहिला हामीले खेल्दा कहिले एसियाबाट कहिले टप टू/ थ्री त कहिले विनर हुनुपर्थ्यो । त्यसपछि ग्लोबल क्वालिफायरमा जान्थ्यौं । त्यहाँ टप फोर वा टप सिक्स जाने हुन्थ्यो । अहिले आआफ्नो क्वालिफाइङ जोनबाट डाइरेक्ट जाने फर्म्याट छ ।
हामी एसिया र एसिया प्यासिफिकमा जोनमा छौं । छनोट खेल्ने टिमको संख्या बढेको छ, यसले प्रतिस्पर्धा पनि बढ्छ । सँगसँगै हामी जुन किसिमले क्रिकेट खेलिरहेका छौं, त्यसअनुसार सहजै नेपाल क्वालिफाई भइहाल्छ भन्ने सबैलाई लाग्ला ।
त्यसका लागि पनि हाम्रो प्रोसेस राइट हुनुपर्छ । कुनै टिमलाई कमजोर वा बलियो भनेर लिने होइन । हरेक म्याचमा हाम्रो स्ट्रेन्थअनुसार खेल्नुपर्छ । हाम्रो बेस्ट गेम यस्तो हुन्छ भनेर देखाउन सक्नुपर्छ । त्यसो गर्दा रिजल्ट पनि त्यहीअनुसार आउँछ ।
०००
कन्फिडेन्स ओभर कन्फिडेन्सको बीचमा एकदमै सानो रेखा हुन्छ । तर हामीले हाम्रो बाउन्ड्री चाहिँ थाहा हुनुपर्छ जस्तो लाग्छ ।
अहिले भनिराख्दा म क्वालिफाई हुन्छु भन्ने मेरो कन्फिडेन्स भयो । तर हामी गर्दिहाल्छु, भैहाल्छ भन्न थाल्यो भने ओभर कन्फिडेन्स भयो । त्यसैले हामी क्वालिफाई हुन्छौं, तर त्यसका लागि विई निड टु प्ले आवर बेटर क्रिकेट ।
हाम्रो टिम हेर्ने हाने भने ब्यालेन्स छ, यही मात्र हाम्रो स्ट्रोङ जोन हो भन्ने छैन । ब्याटिङमा पनि डिफरेन्ट टाइप्सका ब्याट्सम्यानहरु छन् ।
कोही पावर हिटर छन्, कोही गेमलाई अगाडि लिएर जाने छन् । टच प्लेयरदेखि राइट लेफ्ट ह्यान्ड ब्याटर्सहरु छन् । गुल्सन, कुशलको कम्बिनेसन पनि फ्रुटफुल भइरहेको छ । लोअर अर्डरमा सोम, करण मात्र होइन, नन्दन पनि ब्याटिङ गर्न सक्छ ।
बलिङमा पनि सोमपाल कामी, करण केसी छन् । लेफ्ट हाम स्पिन ललित छन् । सन्दिप लामिछानेको बारेमा हामीले धेरै भन्नै पर्दैन ।
चाहेको बेला कुशल भुर्तेल छन् । दिपेन्द्रसिङ ऐरी अलराउण्डर भइहाले । उनको स्ट्रेन्थ के हो हो भन्ने सबैलाई थाहा छ । कप्तान रोहित आफैं पनि बलिङ गर्न सक्छन् । गुल्सन त हामी धेरै युज पनि गरिराखेका छैनों ।
त्यसैले रिसोर्सेसहरु हामीसँग छ । राइट टाइममा राइट रिसोर्स चाहिँ कसरी युज गर्ने ? उसले बेस्ट कसरी दिने ? र, सिचुएसन ह्यान्डलिङ कसरी गर्ने भन्ने हो । किनकी ५० रन चाहिने बेला भन्दा पाँच रन चाहिने बेला चाहिँ बढी प्रेसर फिल हुन्छ नि, यो पनि त्यस्तै हो । पुग्नुपर्छ भन्ने बेलाभन्दा पुग्न लागेको बेला चाहिँ अलिकति बढी इमोसनहरु आउँछ ।
फेरि ओमानमा हाम्रो अनुभव सुखद छैन । त्यो बेला शायद हामी बेटर थिएनौं होला वा हामीभन्दा अर्को टिम बेटर थियो होला । तर हामीले विगतको कुरा धेरै सोचिराख्ने भन्दा आगामी अवसरका लागि तयार हुनुपर्छ । हामीले हाम्रो क्रिकेट खेल्नुपर्छ ।
                                                    लिग टूमा नेपालको लगातार तेस्रो हार
                                                    NPL मा कुशल मल्लको विकेट लिन चाहन्छु
                                                    नेपालले भारतलाई उसकै भूमिमा हरायो, साबित्राको उत्कृष्ट प्रदर्शन
                                                    लिग टू खेल्न नेपाली टोलीको घोषणा, अनिल र भीमको पुनरागमन
                                                    नेपाल बन्यो विश्वकप छनोट प्रतियोगिताको च्याम्पियन
                                                    
                    
-1761836913.jpg)







