गाउँले ढोका थुनेर लुके, प्रहरीको चेतावनीपछि आत्मसमर्पण
जेनजी आन्दोनका क्रममा गोली ठोक्नुस्, मेरो आँखामा डर छ ? भन्दै प्रहरीसँग मुकाबिला गरिरहेका उनलाई धेरैले साहसी, ‘बहादुर’को संज्ञा दिएका थिए ।
सोेमबार यमबहादुर फेरि चर्चामा छन् । तर कुनै बहादुरी गरेर होइन, जघन्य अपराधका कारण । धारिलो हतियार प्रहार गरी ६३ वर्षकी आमा राममाया कँडेलको हत्या गरेको आरोपमा उनी पक्राउ परेका छन् ।
३० वर्षका यमबहादुर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका बासिन्दा हुन् । काठमाडौंमा बसोबास गर्ने यमबहादुर दशैं मनाउन फूलपातीको अघिल्लो दिन मात्र घर गएका थिए ।
उनका दुई दाजुहरुमध्ये जेठा फिनल्याण्डमा र माइला पोर्चुगलमा छन् । यमबहादुर भने जाँडरक्सी र लागुऔषधको कुलतमा फसेका थिए । छोरा कुलतमा लागेकामा आमाबाबु चिन्तित थिए ।
असोज १९ गते बाबुआमाबीच छोरालाई ज्योतिष कहाँ हेराउन जाने सल्लाह भएको थियो । घरमा पाहुनाहरु पनि आएका थिए ।
त्यही बेला यमबहादुर तरबार लिएर खडा भए । घरमा पाहुना आएका भान्जामाथि जाइलागे । भान्जा भागेर गाउँकै एक घरमा लुक्न पुगे । त्यसपछि उनले आफ्नै आमालाई तरबार हाने ।
राति ८ बजेतिर आमालाई तरबार हानेपछि बाबुलाई पनि उनले कब्जामा राखे । कतै भागेमा वा गाउँमा कसैलाई खबर गरेमा मारिदिने धम्की दिए ।
थापाकटेरी गाउँमा २०/२५ घरको बसोबास छ । उनको डरले गाउँका कोही पनि मानिसहरु बाहिर निस्केनन् ।
स्थानीयका अनुसार यमबहादुर गाउँमा उछृङ्खल गतिविधिका लागि बदनाम थिए । यसअघि पनि गाउँमा खुलेआम हतियारसहित हिँडडुल गर्थे । उनीसँग गाउँका सबै मानिसहरु त्राहिमाम हुन्थे । उनकै डरका कारण कसैले पनि उजुरी दिएका थिएनन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालका अनुसार यमबहादुरको आपराधिक पृष्ठभूमिकै कारण गाउँलेहरु प्रहरीलाई सहयोग गर्न पनि आएनन् ।
असोज १९ गते उनकी आमाको हत्या हुँदा पनि कोही गाउँले उनको घरमा पुग्न सकेका थिएनन् । वडाध्यक्ष सिटौलाका अनुसार गाउँका सबै मानिसहरु ढोका थुनेर लुकेका थिए ।
घरबाट भागेका भान्जाले खबर गरेपछि अस्थायी प्रहरी पोस्ट सल्यानकोटबाट असइको कमाण्डमा प्रहरी टोली घटनास्थलमा गएको थियो । प्रहरीलाई नजिकैको अर्को गाउँका युवाहरुले सहयोगगरेका थिए ।
प्रहरी घटनास्थलमा पुगेपछि पनि यमबहादुरले हतियार चलाउन खोजेका थिए । तर प्रहरीले प्रहरीले हतियार नराखे गोली चलाउने चेतावनी दिएपछि बल्ल उनले आत्मसमर्पण गरे ।
उनी अहिले जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा छन् । उनका बाबु गोपबहादुर कँडेलले सोमबार किटानी जाहेरी दिएका छन् ।
राममायाको शव पोस्टमार्टम गरेर जिल्ला अस्पताल धादिङमा राखिएको छ ।
आमाको काजकिरियाका लागि फिनल्याण्डमा रहेका जेठा छोरा फर्किँदैछन् । मृतक राममायाको अन्त्येष्टि मंगलबार मात्र गरिने वडाध्यक्ष कुशबहादुर सिटौलाले जानकारी दिए ।
भिजिट भिसामा तीर्थराजको रेट ४० हजार
हितेन्द्रदेव शाक्यको पक्षमा सर्वोच्चको फैसला
मधेशमा २४ दिनमै ढल्यो एमाले सरकार, अर्को गठनका लागि २ दिन समय
जेनजी आन्दोलनसँग टीओबीको साइनो, प्रहरी अनुसन्धानले के देखायो ?
आफ्नो शेयर रहेको कम्पनीलाई मुद्दा नचल्ने निर्णयले महान्यायाधिवक्ता विवादमा





-1765982600.jpg)


