टी–२० आईमा नेपालकी इन्दू बर्माले बनाइन् १ हजार रन
मलेसियासँग भएको द्विपक्षीय सिरिजमा नेपाली महिला टोलीकी कप्तान इन्दु बर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेकी छन् ।
मंगलबार भएको सिरिजको चौथो खेलमा ४८ रनमा नटआउट रहेकी बर्माले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो व्यक्तिगत स्कोर १ हजार पुर्याएकी हुन् । खेलमा ३९ बल खेलेकी उनले ६ चौकाको मद्दतले ४८ रन जोड्दा नेपालले खेल जितेको थियो ।
यो खेलअघि इन्दुको टी–२० अन्तर्राष्ट्रियमा ९८५ रन पुगेको थियो । मंगलबार मलेसियासँग भएको खेल उनको टी–२० आईमा ७७ औं खेल हो । जसमा १५ रन जोडेर उनले एक हजार रनको स्कोर छोइन् । खेल सकिँदा उनको टी–२० आईमा कुल १ हजार ३३ रन पुगेको छ
खेलमा टस जितेर मलेसियाले ब्याटिङ रोजेको थियो । उसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १११ रन बनाएको थियो । ११२ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
नेपालको ब्याटिङमा रुविना क्षेत्री २३ रनमा नटआउट रहिन् भने कविता कुँवरले १६, सम्झना खड्काले ११ र रुबी पोद्दारले ५ रन जोडे ।
बलिङतर्फ नेपालका कविता कुँवरले ३, पूजा महतो र कविता जोशीले १ विकेट लिए ।
मंगलबारको जितसँगै नेपालले मलेसियासँगको ५ खेलको सिरिजमा २-२ को बराबरी गरेको छ ।
काठमाडौंमा मृगौला किनबेचको असफल प्रयास
मासिएको प्राचीन पोखरीले पायो आकर्षक र रमणीय रुप
बालश्रमसम्बन्धी नयाँ विधेयक : बालेनले अब भन्नु पर्दैन सरी !
कृषि अनुदानको नाममा राज्यकोषको यो हदको दुरुपयोग !
सुनसरीमा कर्फ्यु उल्लंघन भएपछि सेना सडकमा








