सिंहदरबार जल्दा किन हेरेर बसेको ? एक महिनापछि सेनाले दियो जवाफ
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते आफ्नो भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला नेपाली सेनाले जवाफ दिएको छ ।
शुक्रबार विज्ञप्ति जारी गरी सेनाले जेनजी आन्दोलनका क्रममा उठेका प्रश्नबारे धारणा सार्वजनिक गरेको हो ।
भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारी निषेधित क्षेत्र तोडेर संसद भवनभित्रै प्रवेश गरेका थिए । त्यतिबेला नयाँ बानेश्वरमै रहेको नेपाली सेनाले भिड नियन्त्रणका लागि कुनै एक्सन लिएको थिएन ।
त्यसको भोलिपल्ट भदौ २४ गते संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालय जल्दासमेत सेनाले जोगाउन पहल नगरेको नगरेको भनेर प्रश्न उठेको छ ।
शुक्रबार नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गरी आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई मूल्यांकन गरेर नै सेनाले पहल लिएको जवाफ दिएको छ ।
‘आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्यांकन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौं’, जंगी अड्डाले विज्ञप्तिमा भनेको छ ।
हेर्नुहोस् सेनाको विज्ञप्ति

रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड

-1790087654.png)






