यूएईविरुद्ध नेपालको रोमाञ्चक जित
ओमानमा जारी टि–ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा नेपालले यूएईलाई हराएको छ । यूएई विरुद्धको खेल नेपालले एक रनले जितेको हो ।
यूएईलाई जिताका लाथि अन्तिम ओभरमा १० रन चाहिएको थियो । तर, दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै यूएईलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेले ।
नेपालले पहिले ब्याटिङ १४१ रनको लक्ष्य दिएको थियो । यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो ।
यूएईका लागि अलिशान सराफुले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए । ८२ रन बनाउँदा एक विकेट मात्रै गुमाएको अवस्थाबाट यूएइविरुद्ध नेपालले धारिलो बलिङ गर्दै खेल जितेको हो ।
पराशरले यूएईलाई जितको नजिक पुर्याए पनि फिनिस गर्न सकेनन् । अन्तिम ओभरमा एक छक्का प्रहार गरेलगत्तै उनी दीपेन्द्रको बलमा क्याच आउट भए ।
नेपालका लागि दीपेन्द्रले पुरै ४ ओभर बलिङ गर्दै ३ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले १–१ विकेट लिएका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो सुरुवात गरेको थियो । ओपनर आशिफ शेखले अर्धशतकीय पारी खेलेका थिए । उनी ५१ रन बनाएर आउट भए ।
तर, यूएईले कसिलो बलिङ गर्दा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १४० मात्रै रन बनाउन सक्यो ।
नेपालका लागि कुशल भुर्तेलले २८, कप्तान रोहित पौडेले २० रन बनाएका थिए । गुल्सल झा ५ बलमा १४ रन बनाएर पेभिलियन फर्किएका थिए ।
यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अली सबैले १–१ विकेट लिएका थिए । जितसँगै नेपालले २ अंक जोडेको छ ।
मार्टिन गुप्टिल र एलियस पेरीको ड्रिम विकेट लिएँ
'नेपालले विश्वकपमा इंग्ल्याण्डलाई पनि हराउन सक्छ'
विश्वकपमा नेपालले ३ टेस्ट राष्ट्रसँग खेल्ने, कुन खेल कहिले र कहाँ ?
एनपीएलका कतिवटा खेल फ्लड लाइटमा हुँदैछन् ?
Flood Light अझै तयार भएन, अब के हुन्छ ?





-1765982600.jpg)

