त्रिविको जग्गा कब्जा गर्नेमा प्राध्यापक संघदेखि नगरपालिकासम्म (पूर्णपाठ)
त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिले दर्जनौं संघसंस्था र निकायले त्रिभुवन विश्वविद्यालयको जग्गा अनधिकृत रुपमा उपभोग गरिरहेको निश्कर्ष निकालेको छ ।
समितिले सरकारलाई बुझाएको प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ ।
प्रतिवेदन अनुसार लेबोरेटरी माध्यमिक विद्यालय, राधास्वामी सत्संग ब्यास नेपाल, नेपाल प्राध्यापक संघ, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, त्रिवि कर्मचारी संघले त्रिविको जग्गा कब्जा गरेका छन् ।
त्यस्तै बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल नेत्रज्योति संघ, महानगरीय प्रहरी वृत्त कीर्तिपुर, लायन्स क्लबको रक्तसञ्चार केन्द्र, काठमाडौं खानेपानी बोर्ड र खानेपानी तथा ढल विकास समितिले पनि त्रिविको जग्गा कब्जा गरेका छन् ।
त्यस्तै कृषि बागबानी केन्द्र, कीर्तिपुर नगरपालिका, नेपाल विद्युत प्राधिकरणले पनि त्रिविको जग्गा कब्जा गरेको समितिले उल्लेख गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको सबैभन्दा धेरै जग्गा कीर्तिपुरमा रहेको छ । जहाँ ५ हजार ५० रोपनी ३ आना १ पैसा १ दाम जग्गा छ । सबैभन्दा अतिक्रमण पनि यही जग्गामा रहेको छ ।
त्रिविको धेरै जग्गा कब्जा गर्नेमा कृषि बागबानी केन्द्र रहेको छ । केन्द्रले त्रिविको २८१ रोपनी १४ आना १ पैसा १ दाम जग्गा कब्जा गरेको छ ।
त्यस्तै लेबोरेटोरी स्कुलले १०९ रोपनी जग्गा कब्जा गरेको छ । उक्त विद्यालय पहिले सरकारी भए पनि हाल शैक्षिक गुठीमा रुपमा सञ्चालित छ । त्रिविले पटक पटक ठाउँ खाली गरिदिन भन्दा पनि विद्यालयले नमानेको प्रतिवेदनमा उल्लेख छ ।
त्रिविको जग्गा कब्जा गर्नेमा कीर्तिपुर नगरपालिका पनि छ । उसले कति कब्जा गरेको छ भन्ने जग्गा खोजबिन समितिले पनि पहिचान गर्न सकेको छैन ।
त्रिविको जग्गामा नगरपालिकाले कीर्तिपुर गेट नजिक भागमा कभर्ड हल निर्माण गरेको छ । त्यस्तै पर्यटन सूचना केन्द्र तथा सेवा केन्द्र सञ्चालन गरेको छ । १२ वटा सटर बनाएर भाडामा लगाएको, माइक्रो बस पार्किङ स्थल बनाएको छ, फोहोर जम्मा गर्ने डम्पिङ साइट बनाएको छ ।
त्यस्तै नगरपालिकाले मोटरसाइकल वर्क सप र फोहोर संकलन केन्द्र र सार्वजनिक शौचालय पनि त्रिविको जग्गामा बनाएको छ ।
त्रिविको १० रोपनी जग्गा कब्जा गरेर ०७३ सालदेखि ठेकेदार कविन्द्र महर्जनले ढुंगा, गिटी र बालुवा थुपारेका छन् ।
नेपाल विद्युत प्राधिकरणको कीर्तिपुर वितरण केन्द्र २ कोठे प्रिफ्याब भवन पनि त्रिविको जग्गामा बनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले त्रिविकै जग्गामा क्रिकेट रंगशाला बनाएको छ ।
हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ
भिजिट भिसामा तीर्थराजको रेट ४० हजार
हितेन्द्रदेव शाक्यको पक्षमा सर्वोच्चको फैसला
मधेशमा २४ दिनमै ढल्यो एमाले सरकार, अर्को गठनका लागि २ दिन समय
जेनजी आन्दोलनसँग टीओबीको साइनो, प्रहरी अनुसन्धानले के देखायो ?
आफ्नो शेयर रहेको कम्पनीलाई मुद्दा नचल्ने निर्णयले महान्यायाधिवक्ता विवादमा





-1765982600.jpg)


