विपिन जोशीबारे इजरायली अधिकारीहरूले के भने ?
२६ असोज, काठमाडौं । हमासले बन्धक बनाएका विपिन जोशी जीवत रहेको प्रमाण नभेटिएको इजरायली अधिकारीहरुले बताएका छन् ।
२०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेको हमासले थुप्रैलाई बन्धक समेत बनाएको थियो । त्यसमा नेपालका विपिन जोशी पनि थिए ।
थुप्रै बन्धक रिहा हुँदापनि विपिन छुटेनन् । पछिल्लो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको शान्ति योजनामा सहमति भएपछि हमास सबै बन्धक छाड्न तयार भयो । अहिले बन्धकहरुको रिहाई प्रक्रिया चलिरहेको छ ।
तर हमासको नियन्त्रणमा रहेका २० जना बन्धकहरुको सूचीमा विपिनको नाम छैन ।
त्यसैले आईडीएफका अधिकारीहरुले इजरायलस्थित नेपाली राजदूत र विपिनको परिवारसँँग सम्वाद गरेका थिए । नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार अहिलेसम्मको अवस्थामा ‘विपिन जिवित रहेको कुनै तथ्य भेटिएन’ भनेका छन् ।
हमासले मृतकहरुको शव पनि हस्तान्तरण गर्ने बताएको छ । तर सबैको शव नहुनसक्छ भनेको छ ।
नेपाली राजदूत पण्डितले भने, ‘जीवित रहेको कुनै संकेत नरहेको हमासले जानकारी गराएकाले मृत्यु भएको, तर शव प्राप्त हुन्छ कि हुन्न अहिले भन्न सक्दैनौं । सूचना पाएअनुसार घन्टाघन्टामा जानकारी गराउँछौं भन्नु भएको छ ।’
यसबारे सरकारले भने केही बोलेको छैन ।
भिजिट भिसामा तीर्थराजको रेट ४० हजार
हितेन्द्रदेव शाक्यको पक्षमा सर्वोच्चको फैसला
मधेशमा २४ दिनमै ढल्यो एमाले सरकार, अर्को गठनका लागि २ दिन समय
जेनजी आन्दोलनसँग टीओबीको साइनो, प्रहरी अनुसन्धानले के देखायो ?
आफ्नो शेयर रहेको कम्पनीलाई मुद्दा नचल्ने निर्णयले महान्यायाधिवक्ता विवादमा





-1765982600.jpg)


