नेपालले तेस्रो पटक विश्वकप क्रिकेट खेल्ने पक्का
नेपालले सन् २०२६ माहुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने भएको छ । आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो ।
अहिले ओमानमा विश्वकप छनोटका खेलहरु भइरहेका छन् । नेपाल समूह चरण्मा जापान र कुवेतलाई हराएर सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा पनि नेपालले यूएई र कतारलाई हराइसकेको छ ।
६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको नेपाल बुधबार अरु टिमका खेलहरुको नतिजापछि दुई खेल अगावै विश्वकपमा छनोट भएको हो ।
आजको खेलमा कतारले जापानलाई र यूएईले सामोआलाई हराएका छन् । त्यसपछि नेपाल ओमान र सामाओसँग खेल्नुअघि नै विश्वकपमा छनोट भएको हो ।
छनोट प्रतियोगिताको सुपर सिक्सका खेलपछि शीर्ष तीनमा रहने टोली विश्वकप पुग्ने नियम छ । युएईले सामाओलाई हराएपछि ४ अंक जोड्दै विश्वकप पुग्ने सम्भावना कायमै राखेको छ । बाँकी खेलहरुबाट नेपाल र ओमान बाहेक अर्को एक टिमको मात्र ६ अंक पुग्ने अवस्था छ । त्यसैले नेपाल र ओमान विश्वकपमा छनोट भएका हुन् ।
सन् २०१४ पछि नेपालले २०२४ मा दोस्रोपटक टी–ट्वान्टी विश्वकप खेलेको थियो । अब नेपालले छिमकी देश भारत र दक्षिण एसियाकै अर्को देश श्रीलंकमा तेस्रो विश्वकप खेल्नेछ ।
कर्णालीलाई च्याम्पियन बनाएको त्यो क्षण
पूजा स्मार्ट क्याप्टेन, अष्ट्रेलियासँग खेल्न नपाउँदा दुःख लाग्यो
क्रिकेटर बन्छु भनेर परिवारमा मनाउनै गाह्रो
क्रिकेट छाडेर राजनीतिमा किन ?
मार्टिन गुप्टिल र एलियस पेरीको ड्रिम विकेट लिएँ



-1781681783.png)
-1781759377.png)




