मृत्यु भइसकेका बुढाबुढीको नाममा भत्ता झिकेर ७३ लाख हिनामिना
कैलालीमा वडाध्यक्ष, वडासदस्य र कर्मचारीहरु मिलेर मृत्यु भइसकेका ६८३ जना बुढाबुढीको वृद्धभत्ताको पैसा झिकेको पाइएको छ ।
कैलालीको जानकी गाउँपालिका-९ का वडाध्यक्ष खकेन्द्र भण्डारी, कर्मचारी र वडा सदस्यको मिलेमतोमा ६८३ जना नक्कली ज्येष्ठ नागरिक खडा गरेर ७३ लाख ३७ हजार ६२७ रुपैयाँ लिएको पाइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष भण्डारी, वडासचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, खरिदार पूर्णबहादुर विष्ट, वडा सदस्यहरु कल्पना खड्का, सुनकोसा सार्की, विजयबहादुर रावल र शेरबहादुर विश्वकर्माविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ ।
मृत्यु भइसकेका बुढाबुढीको नाम भत्ता पाउने लिस्टबाट कटाउनुपर्नेमा नाम नवीकरण गराउने, एउटै व्यक्तिको नागरिकता नम्बरबाट दोहोरो भत्ता झिक्ने र हुँदै नभएको मान्छे खडा गरेर भत्ता झिक्ने गरेको पाइएको अख्तियारको भनाइ छ ।
भत्ता झिकेको भनेर औठाछाप पनि कर्मचारीहरुले नै गरेको देखिएको अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले बताए ।
भिजिट भिसामा तीर्थराजको रेट ४० हजार
हितेन्द्रदेव शाक्यको पक्षमा सर्वोच्चको फैसला
मधेशमा २४ दिनमै ढल्यो एमाले सरकार, अर्को गठनका लागि २ दिन समय
जेनजी आन्दोलनसँग टीओबीको साइनो, प्रहरी अनुसन्धानले के देखायो ?
आफ्नो शेयर रहेको कम्पनीलाई मुद्दा नचल्ने निर्णयले महान्यायाधिवक्ता विवादमा





-1765982600.jpg)


