मृत्यु भइसकेका बुढाबुढीको नाममा भत्ता झिकेर ७३ लाख हिनामिना
कैलालीमा वडाध्यक्ष, वडासदस्य र कर्मचारीहरु मिलेर मृत्यु भइसकेका ६८३ जना बुढाबुढीको वृद्धभत्ताको पैसा झिकेको पाइएको छ ।
कैलालीको जानकी गाउँपालिका-९ का वडाध्यक्ष खकेन्द्र भण्डारी, कर्मचारी र वडा सदस्यको मिलेमतोमा ६८३ जना नक्कली ज्येष्ठ नागरिक खडा गरेर ७३ लाख ३७ हजार ६२७ रुपैयाँ लिएको पाइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष भण्डारी, वडासचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, खरिदार पूर्णबहादुर विष्ट, वडा सदस्यहरु कल्पना खड्का, सुनकोसा सार्की, विजयबहादुर रावल र शेरबहादुर विश्वकर्माविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ ।
मृत्यु भइसकेका बुढाबुढीको नाम भत्ता पाउने लिस्टबाट कटाउनुपर्नेमा नाम नवीकरण गराउने, एउटै व्यक्तिको नागरिकता नम्बरबाट दोहोरो भत्ता झिक्ने र हुँदै नभएको मान्छे खडा गरेर भत्ता झिक्ने गरेको पाइएको अख्तियारको भनाइ छ ।
भत्ता झिकेको भनेर औठाछाप पनि कर्मचारीहरुले नै गरेको देखिएको अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले बताए ।
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड

-1790087654.png)






