नेपाल बन्यो विश्वकप छनोट प्रतियोगिताको च्याम्पियन
टी २० विश्वकप २०२६ का लागि छनोट भएको नेपालले उपाधि पनि जितेको छ । सुपर सिक्सको अन्तिम खेलामा समोआलाई १२४ रनले हराउँदै नेपाल एशिया तथा पूर्वी एशिया प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको च्याम्पियन बनेको हो ।
समोआसँगको खेलामा पहिले ब्याटिङ गरेको नेपालले चार विकेट गुमाएर २११ रन बनाएको थियो । प्रतियोगितामै नेपालको ठूलो स्कोर खडा गरेको थियो ।
पहिलो विकेटको लागि कुशल भुर्तेल र आशिफ शेखले ६३ रनको साझेदारी गरे । आशिफले ४१ बलमा ६९ रन जोडे । दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रन बनाए ।
लोकेश बमले १२ बलमा ३९ रनको विष्फोटक पारी खेले । कप्तान रोहित पौडेलले २१ रन बनाएका थिए ।
जवाफी ब्याटिङमा समोआले नेपालले दिएको लक्ष्यलाई भेटाउन सकेन । सामोआले पूरा २० ओरमा ७ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो ।
नेपपाले प्रतियोगिता अपराजित रहेर जित्यो । एउटा पनि खेल नहारी नेपालले प्रतियोगिताको उपाधि जितेको हो ।
मार्टिन गुप्टिल र एलियस पेरीको ड्रिम विकेट लिएँ
'नेपालले विश्वकपमा इंग्ल्याण्डलाई पनि हराउन सक्छ'
विश्वकपमा नेपालले ३ टेस्ट राष्ट्रसँग खेल्ने, कुन खेल कहिले र कहाँ ?
एनपीएलका कतिवटा खेल फ्लड लाइटमा हुँदैछन् ?
Flood Light अझै तयार भएन, अब के हुन्छ ?





-1765982600.jpg)

