नेपाल बन्यो विश्वकप छनोट प्रतियोगिताको च्याम्पियन
टी २० विश्वकप २०२६ का लागि छनोट भएको नेपालले उपाधि पनि जितेको छ । सुपर सिक्सको अन्तिम खेलामा समोआलाई १२४ रनले हराउँदै नेपाल एशिया तथा पूर्वी एशिया प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको च्याम्पियन बनेको हो ।
समोआसँगको खेलामा पहिले ब्याटिङ गरेको नेपालले चार विकेट गुमाएर २११ रन बनाएको थियो । प्रतियोगितामै नेपालको ठूलो स्कोर खडा गरेको थियो ।
पहिलो विकेटको लागि कुशल भुर्तेल र आशिफ शेखले ६३ रनको साझेदारी गरे । आशिफले ४१ बलमा ६९ रन जोडे । दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रन बनाए ।
लोकेश बमले १२ बलमा ३९ रनको विष्फोटक पारी खेले । कप्तान रोहित पौडेलले २१ रन बनाएका थिए ।
जवाफी ब्याटिङमा समोआले नेपालले दिएको लक्ष्यलाई भेटाउन सकेन । सामोआले पूरा २० ओरमा ७ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो ।
नेपपाले प्रतियोगिता अपराजित रहेर जित्यो । एउटा पनि खेल नहारी नेपालले प्रतियोगिताको उपाधि जितेको हो ।
कर्णालीलाई च्याम्पियन बनाएको त्यो क्षण
पूजा स्मार्ट क्याप्टेन, अष्ट्रेलियासँग खेल्न नपाउँदा दुःख लाग्यो
क्रिकेटर बन्छु भनेर परिवारमा मनाउनै गाह्रो
क्रिकेट छाडेर राजनीतिमा किन ?
मार्टिन गुप्टिल र एलियस पेरीको ड्रिम विकेट लिएँ



-1781681783.png)
-1781759377.png)




