डा. संगीता मिश्राविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा
अन्तिम समयमा नाम नकाटिएको भए सुशीला कार्की नेतृत्वको सरकारमा डा. संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्री हुँदै थिइन् ।
महावीर पुनहरुसँगै उनको नाम मन्त्रीको शपथ लिनेहरुको सूचीमा राष्ट्रपति कार्यालय पुगिसकेको थियो । तर अन्तिम समयमा उनको शपथ रोकियो । त्यतिबेला कतिपयले मधेशी महिला भएका कारण मन्त्री नबनाएको भन्दै आलोचना समेत गरेका थिए ।
तर आज तिनै संगीता कौशल मिश्राविरुद्ध ठूलो भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले उनीसहित १४ जनाविरुद्ध १४ करोड ६ लाख ८५ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा आज विशेष अदालतमा दायर गरेको छ ।
स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा उनले विभिन्न स्वास्थ्य सामग्री खरिद गरेको झुटा बिल भर्पाई र प्रतिवेदनका आधारमा ठेकेदारलाई रकम भुक्तानी गरेको आरोप छ ।
जेनजी आन्दोलनपछि बनेको सरकारमा मन्त्री बन्नै लाग्दा अख्तियारमा भ्रष्टाचारको मुद्दा अनुसन्धान हुँदैछ भन्ने खुलेपछि सुशीला कार्कीले उनलाई मन्त्री बन्नबाट रोकेकी थिइन् ।
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड

-1790087654.png)






