सुत्केरीको मृत्युले किस्ट अस्पतालमा दिनभर तनाव
सोमबार दिनभर इमाडोलस्थित किस्ट अस्पताल तनावग्रस्त रह्यो । अस्पताल परिसरमा नाराबाजी मात्र होइन, ढुंगामुढा भयो । प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्यास हान्यो ।
कारण हो, सुत्केरीको मृत्यु ।
खोटाङ हलेसीकी ३४ वर्षीया मीना राई डेलिभरीका लागि शुक्रबार विहान ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालल पुगेकी थिइन् । गर्भवती भएदेखि नै उनले किस्टमा नियमित चेकजच गराइरहेकी थिइन् । डेलिभरीका लागि चिकित्सकले ६ गतेको डेट दिएका थिए ।
त्यो दिन अवस्था सामान्य रह्यो । डाक्टरहरुको सल्लाह अनुसार ७ गते उनी अस्पतालमा भर्ना भइन् । त्यही साँझ नर्मल डेलिभरी पनि भयो । तर मिनाको स्वास्थ्यमा समस्या आयो । रत्तस्राव रोकिएन । अपरेसन समेत गरियो । तर उनको मृत्यु भयो ।
मृतकका दाजु देवेन्द्रको दाबी छ कि चिकित्सकहरुको लापरवाहीकै कारण मिनाको मृत्यु भएको हो ।
उनका अनुसार मिनाको अवस्था गम्भीर भएपछि परिवारका कसैलाई भेट्न दिइएन । उपचारमा संलग्न चिकित्सकहरु को को हुन् भन्दा समेत अस्पताल प्रशासनले केही जवाफ दिएन ।
त्यसपछि आइतबार आफन्तले प्रदर्शन गरे । उपचारमा को चिकित्सक संलग्न थिए, उनीहरुले जवाफ दिनुपर्यो । अस्पतालका सञ्चालकसंग सम्वाद गर्नुपर्यो भन्ने उनीहरुको माग छ ।
सोमबार त ठूलो संख्यामा आफन्त जम्मा भएका थिए । प्रदर्शनका क्रममा अस्पतालमा तोडफोड समेत भयो ।
प्रर्दशनकारी अस्पतालभित्र प्रवेश गर्ने अवस्था आएपछि प्रहरीले बल प्रयोग गर्दै रोक्यो । लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हान्यो । अहिले पनि अस्पताल हातामा तनाव कायमै छ ।
मिनाको मृत्युको विषयमा अस्पताल प्रशासनले केही बोलेको छैन ।
डोजर रोक्ने रास्वपाको निर्णय बालेनले मान्लान् ?
बुद्धको ज्ञान बोलीमा होइन, व्यवहारमा देखाऊ
अनलाइन सपिङमा ठगहरुको बिगबिगी, कसरी जोगिने ?
बालेनको निर्देशनपछि प्रहरीको खानतलासी, आतंकित छ सुकुम्बासी बस्ती
जेष्ठ नागरिकहरुमा विर्सने समस्या बढ्दो

-1777651991.jpeg)

-1777978198.png)



