समाज
साम्बा बिना नै नेपालले भारतलाई हरायो
स्ट्राइकर सावित्रा भण्डारी साम्बा बिना नै नेपालले भारतलाई हराएको छ । बुधबार भएको मैत्रीपूर्ण खेलमा नेपालले टाइब्रेकरमा भारतलाई ३–० ले हराएको हो ।
निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । टाइब्रेकरमा नेपालकी गोलरक्षक अञ्जना राना मगरले तीन पेनाल्टी रोकिन् भने भारतको एउटा प्रहार बाहिरिएको थियो । नेपालका लागि भने कप्तान अनिता बस्नेतको मात्र प्रहार बाहिरियो, अरुले गोल गरेका थिए ।
यसअघि निर्धारित समयको खेलमा भारततले ३०औं मिनेटमा अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी टाइममा नेपालले बराबरी गोल फर्काएका थिए ।
थ्री नेशन कपमा पनि नेपालले २–१ भारतलाई हराएको थियो । नेपालका लागि दुबै गोल गरेकी साम्बासँगै प्रिति राई विदेशको लिग खेल्न गएका कारण बुधबारको खेलमा अनुपस्थित थिए ।
प्रकाशित मिति:
बुधबार, कात्तिक १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






