खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी
जिल्ला अदालत काभ्रेले साइबर क्राइमको मुद्दामा खगेन्द्र सुनारसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।
दलितका लागि दलित अभियानका संयोजक सुनारले जाजरकोटका नवराज बिकको मुद्दामा उच्च अदालतको फैसलाविरुद्ध अदालत बाहिर नाराबाजी र तोडफोड गरेका थिए ।
त्यस्तै न्यायाधीशविरुद्ध पनि कडा अभिव्यक्ति दिएका थिए । त्यसपछि अधिवक्ता मनिषा गौतमले सुनारविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दिएकी थिइन् । आफूविरुद्ध अदालतको अवहेलना मुद्दा दिएपछि खगेन्द्रले अधिवक्ता मनिषाविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा घृणा फैलाउने र महिला हिंसा हुने टिप्पणी गरेका थिए ।
त्यसपछि मनिषाले खगेन्द्रविरुद्ध साइबर ब्यूरोमा साइबर क्राइमको उजुरी दिएकी थिइन् । साइबर ब्यूरोले भने त्यो मुद्दा जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाएको थियो । प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेले गत साउनमा नै खगेन्द्रविरुद्ध साइबर क्राइमको मुद्दा दिएको थियो ।
सो मुद्दामा बिहीबार न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले खगेन्द्रलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
बयानका क्रममा खगेन्द्रले खगेन्द्र सुनार नामको फेसबुक आइडी आफूले नचलाएको र कसले चलाउँछ भन्ने थाहा नभएको बताएका थिए । तर अदालतले उनको भनाइमा पूरा विश्वास गरेन । धरौटीमा छाड्न आदेश दियो ।
जेनजी शहीदका शालिक किन बेबारिसे ?
के हो सुस्ताको सीमा समस्या, भारतले किन गर्छ दादागिरी ?
कुन स्कुल बन्द गर्ने, कुनलाई राख्ने ? यस्तो छ सरकारको तयारी
अष्ट्रेलियाका नेपाली किन चाहदैनन् घर फर्किन ?
पोखरामा रविविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन अनुमति



-1781681783.png)
-1781759377.png)




