लिग टूमा नेपालको लगातार तेस्रो हार
वर्ल्ड क्रिकेट लिग टूमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । शनिबार भएको खेलमा अमेरिकाले नेपाललाई ४ विकेटले हराएको हो ।
दुबईमा नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले अन्तिम ओभर खेल्नु अगाडि ६ विकेट गुमाएर भेट्टायो । चौथो विकेटका लागि सैतेजा मुक्कमल्ला र मिलिन्द कुमारले गरेको १२३ रनको साझेदारी नै अमेरिकाको जितको आधार बन्यो ।
उसको सुरुवात राम्रो थियो । ओपनर स्मित पटेल (१६) र शायन जहाँगीर (३६) ले ५३ रनको साझेदारी गरे । ११ औं ओभरको तेस्रो बलमा गुल्सन झाले पटेलको विकेट लिए ।
सन्दीप लामिछानेले जहाँगीर र नन्दन यादवले कप्तान मोनांक पटेलको विकेट लिएपछि अमेरिका ९५/३ मा आएको थियो ।
तर सैतेजा र मलिन्दले उत्कृष्ट साझेदारी गर्दै अमेरिकाको इनिङ सम्हाले ।
४३ औं ओभरको पाँचौ बलमा सन्दीपले मलिन्दको विकेट लिए । तर त्यसबेलासम्म खेलमा अमेरिका हावी भइसकेको थियो ।
मलिन्द व्यक्तिगत ७० रनमा आउट भए भने सैतेजाले ७५ रनको योगदान दिए । नेपालका लागि सन्दीपले ३ विकेट लिँदा नन्दन, करण केसी र गुल्सन झाको नाममा एकएक विकेट रह्यो ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले अन्तिम बल खेल्नु अगाडि सबै विकेट गुमाएर २७१ रनको सम्मानजनक स्कोर बनाएको थियो ।
नेपालको पहिलो विकेट सुरुमै गएको थियो । आसिफ शेख मात्र २ रन आउट भए, जतिबेला टिमको स्कोर २ रन नै थियो ।
तर भीम सार्कीले कुशल भुर्तेलसँग मिलेर नेपालको पारी अगाडि बढाए । दुबैले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे ।
भुर्तेल मात्र ३ रनले अर्धशतक बनाउन चुके । २० औं ओभरको पहिलो बलमा उनी ४७ रनमा आउट भए । त्यसपछि नेपालले दुई विकेट छिट्टै गुमायो । भीम ४३ रननमा आउट भए भने आरिफ शेख २ रनमै पभेलियन फर्किए ।
कप्तान रोहितकुमार पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले पाँँचौं विकेटका लागि ८९ रनको महत्वपूर्ण साझेदारी गरे । रोहित ३६ रनमा आउट भए । गुल्सन झनले ४ रन मात्र बनाए । तर करण केसीले आक्रामक पारी खेले ।
दीपेन्द्र र करणले पारी सम्हाल्न खोजेका थिए, तर ४६औं ओभरको तेस्रो बलमा ऐरी आउट हुन पुगे । उनले व्यक्तिगत ७५ रन बनाए । ४७औं ओभरको अन्तिम बलमा आउट भएका करण मात्र १ रनले अर्धशतक बनाउन चुके ।
उनले मात्र ३१ बलमा दुई चौका र ३ छक्काको मद्दतमा ४९ रन बनाए ।
यूएई सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँगै हारेको थियो भने दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो । अब बुधबार घरेलु टोली यूएईसँग सिरिजको अन्तिम खेल खेल्नेछ ।
मार्टिन गुप्टिल र एलियस पेरीको ड्रिम विकेट लिएँ
'नेपालले विश्वकपमा इंग्ल्याण्डलाई पनि हराउन सक्छ'
विश्वकपमा नेपालले ३ टेस्ट राष्ट्रसँग खेल्ने, कुन खेल कहिले र कहाँ ?
एनपीएलका कतिवटा खेल फ्लड लाइटमा हुँदैछन् ?
Flood Light अझै तयार भएन, अब के हुन्छ ?





-1765982600.jpg)

