राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता गर्ने भएको छ ।
ए डिभिजनका १४ क्लब र एन्फाका पदाधिकारीबीच यस वर्ष शहीद स्मारक ए डिभिजन लिग नगर्ने र त्यसको सट्टा राष्ट्रिय लिग गर्ने सहमति भएको छ ।
सहमति अनुसार राष्ट्रिय लिगमा १० टिम सहभागी हुनेछन् । अघिल्लो संस्करणको राष्ट्रिय लिगका उत्कृष्ट ६ टिम सोझै छनोट हुनेछन् भने बाँकी ४ टिम छनोट खेलबाट चयन हुनेछन् ।
त्यसका लागि बुधबारदेखि हेटौंडाको गैरीटार रंगशालामा एन्फा प्रेसिडेन्ट लिग सञ्चालन हुनेछ । राष्ट्रिय लिगको विजयी टिमले एएफसी च्यालेन्ज लिगमा भाग लिन पाउनेछ ।
राष्ट्रिय लिगको अघिल्लो संस्करणको उत्कृष्ट ६ टिममा चर्चब्वाइज क्लब, मच्छिन्द्र, नेपाल पुलिस, जाउलाखेल, सातदोबाटो युथ क्लब र एनआरटी रहेका छन् ।
एन्फाले शहीद स्मारक ए डिभिजन लिग भने २०८३ पुस ३ गते मात्र गर्ने भएको छ । यो लिग भने होम एण्ड अवेका आधारमा हुनेछ । त्यसका लागि एन्फाले आगामी मंसिर २९ गतेभित्र प्रतियोगिता सञ्चालन नियमावली ल्याउनेछ ।
२०८२ माघदेखि चैत मशान्तसम्म ए डिभिजनका १४ क्लबले देशका विभिन्न खेल मैदानहरुलाई होम ग्राउण्ड चयन गरिसक्नुपर्नेछ ।
हेर्नुहोस् ए डिभिजन क्लब र एन्फाबीच भएको सहमति



थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
दिनरात काम, तलब चाहिँ १५ हजार !
खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी

-1761836913.jpg)







