राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता गर्ने भएको छ ।
ए डिभिजनका १४ क्लब र एन्फाका पदाधिकारीबीच यस वर्ष शहीद स्मारक ए डिभिजन लिग नगर्ने र त्यसको सट्टा राष्ट्रिय लिग गर्ने सहमति भएको छ ।
सहमति अनुसार राष्ट्रिय लिगमा १० टिम सहभागी हुनेछन् । अघिल्लो संस्करणको राष्ट्रिय लिगका उत्कृष्ट ६ टिम सोझै छनोट हुनेछन् भने बाँकी ४ टिम छनोट खेलबाट चयन हुनेछन् ।
त्यसका लागि बुधबारदेखि हेटौंडाको गैरीटार रंगशालामा एन्फा प्रेसिडेन्ट लिग सञ्चालन हुनेछ । राष्ट्रिय लिगको विजयी टिमले एएफसी च्यालेन्ज लिगमा भाग लिन पाउनेछ ।
राष्ट्रिय लिगको अघिल्लो संस्करणको उत्कृष्ट ६ टिममा चर्चब्वाइज क्लब, मच्छिन्द्र, नेपाल पुलिस, जाउलाखेल, सातदोबाटो युथ क्लब र एनआरटी रहेका छन् ।
एन्फाले शहीद स्मारक ए डिभिजन लिग भने २०८३ पुस ३ गते मात्र गर्ने भएको छ । यो लिग भने होम एण्ड अवेका आधारमा हुनेछ । त्यसका लागि एन्फाले आगामी मंसिर २९ गतेभित्र प्रतियोगिता सञ्चालन नियमावली ल्याउनेछ ।
२०८२ माघदेखि चैत मशान्तसम्म ए डिभिजनका १४ क्लबले देशका विभिन्न खेल मैदानहरुलाई होम ग्राउण्ड चयन गरिसक्नुपर्नेछ ।
हेर्नुहोस् ए डिभिजन क्लब र एन्फाबीच भएको सहमति



इन्डक्सन कि इन्फ्रारेड ? मूल्य र बिजुली बिलको हिसाब किताब
खुला चौरमा फ्रि ग्यास, जसले पनि गर्न पाउँछ प्रयोग
छुट्टीमा आएर विवाह गर्छु भन्थे, शव कुर्दैछन् बाबुआमा
एकै छिनमा मेटियो दाउरा थकाली, कसरी लाग्यो आगो ?
काठमाडौंमा थरिथरिका चोर, बालेनकै घर जोगिएन

-1773931562.jpeg)
-1773930665.jpeg)


-1773656815.jpeg)
