रोबिन सिंह लुम्बिनी लायन्सको मेन्टर
काठमाडौं । लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण यही मंसिर १ देखि २७ गतेसम्म आयोजना हुँदैछ । त्यसका लागि लुम्बिनीले सिंहलाई मेन्टरमा नियुक्त गरेको हो ।
६२ वर्षीय रोबिन सिंहसँग प्रशिक्षणको लामो अनुभव छ । उनले आईपीएलमा मुम्बई इन्डियन्स र क्यारेबियन प्रिमियर लिगमा बारबाडोस ट्रिडेन्ट्सको प्रशिक्षण सम्हालिसकेका छन् ।
दुई दशक लामो प्रशिक्षण अनुभव भएको रोबिन सिंहको आगमनले एनपीएलमा टिमले राम्रो नतिजा ल्याउने लुम्बिनी लायन्सको विश्वास छ । टिमका अध्यक्ष ईश्वर जिसी भन्छन् , ‘उहाँको नेतृत्व र योगदानले हाम्रो टिम एकदमै बलियो बन्दैछ र यसले पक्कै पनि हाम्रो लक्ष्यलाई सफलताको उचाईमा पुर्याउनेछ ।’
नवनियुक्त मेन्टर रोविन सिंह पनि युवा प्रतिभावान खेलाडीहरुसँग आफ्नो अनुभव बाँड्न उत्सहित छन् । ‘नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको हिस्सा हुन पाउँदा म अत्यन्त खुशी छु’, उनले भने, ‘नेपालमा क्रिकेट तीव्र गतिमा वृद्धि हुँदैछ र म यहाँका युवा प्रतिभाहरूसँग आफ्नो अनुभव बाँड्दै जित्ने संस्कृतिको निर्माणका लागि योगदान दिन उत्सुक छु । लायन्समा ठूलो सम्भावना छ ।’
एनपीएलको डेब्यूमै सनसनी मच्चाउने राहुल को हुन् ?
NPL फ्रेन्चाइज टिमले यसरी कमाउँछन् पैसा, यो वर्ष नाफा कमाउलान् ?
लिजेन्ड्री अलराउन्डर सकिबले टार्लान् पोखरा एभेन्जर्सको संकट ?
NPL मा ल्याउन खोजिएको DRS कस्तो, क्यानले देला त सरप्राइज ?
एनपीएलमा डीआरएस : क्यानले देला त सरप्राइज ?



-1793372443.jpeg)

-1793700912.jpeg)


