दरबारमार्ग लिज प्रकरणमा नेपाल ट्रस्टका तत्कालिन सहसचिव पक्राउ
८ वर्षअघि दरबारमार्गको दुई कित्ता जग्गा यती समूहलाई लिजमा दिएको प्रकरणमा अनुसन्धानका लागि नेपाल ट्रस्टका तत्कालिन सहसचिव पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाल ट्रस्टको कार्यालयका तत्कालिन सहसचिव कार्की पक्राउ परेका हुन् । ६६ वर्षका उनले हाल अवकाश पाइसकेका छन् । सीआईबीले उनलाई चितवनको भरतपुर महानगरपालिका–१५ बाट पक्राउ गरेको हो ।
नेपाल ट्रस्टको नाममा रहेको दरबारमार्गको कित्ता नम्बर ४६०६ भाडामा लगाउन नेपाल ट्रस्टको कार्यालयले सूचना जारी गरेको थियो । तर सूचनामा उल्लेख भएको भन्दा बढी अर्को कित्ता नम्बर ४६०५ समेत थप गरेर लिजमा दिन नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीच सम्झौता भएको थियो ।
२०७४ जेठ १४ गते भएको करार सम्झौता सञ्चालक समितिको निर्णय र आधार बिना नेपाल ट्रस्टको जग्गा ३० वर्षका लागि भाडामा दिइएको थियो ।
सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार यो प्रकरणमा ठगी र आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान हुनेछ ।
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड

-1790087654.png)






