आफ्नो शेयर रहेको कम्पनीलाई मुद्दा नचल्ने निर्णयले महान्यायाधिवक्ता विवादमा
आफैं लगानीकर्तामध्ये एक । छोरी त्यही काम गर्ने । अनि सानिआमाकी छोरी अध्यक्ष । त्यही संस्थाविरुद्ध मुद्दा कसरी चलाउनू ?
त्यही निर्णय गर्दा महान्यायाधिवक्ता सविता भण्डारी गम्भीर विवादमा मुछिएकी छन् ।
सुरुमा घटना के हो भन्ने बुझौं । गत असारमा काठमाडौं बबरमहलमा रहेको होप फर्टिलिटी डायग्नोस्टिक प्रालिले १८ वर्षमुनिका किशोरीहरुको अवैध रुपमा डिम्ब संकलन गरेर निःसन्तान महिलाहरुलाई ट्रान्सफर गरेको सूचना सीआईबीले पायो ।
यसले पछिल्लो समय काठमाडौं उपत्यकामा फस्टाएको आईभीएफ बिजनेसमा अवैधानिक काम भइरहेको संकेत गर्यो ।
अनुसन्धानका क्रममा निःसन्तान दम्पत्तिबाट मोटो रकम लिने अनी किशोरीहरुलाई १०/२० हजार दिने गरेको देखियो । सीआईबीले होप फर्टिलिटीका सञ्चालक डा. असिम अधिकारी, डा. स्वस्ति शर्मासहित ५ जनालाई पक्राउ समेत गर्यो ।
सीआईबीमा उनीहरुको बयान हुँदा वरिष्ठ अधिवक्ता सविता भण्डारी आफैं पनि पुगेकी थिइन् ।
किनकी यो संस्थाको अध्यक्ष डा. स्वस्ति शर्मा भण्डारीकी सानिआमाकी छोरी, नातामा बहिनी हुन् । भण्डारी आफैं २३ प्रतिशत शेयर होल्डर हुन् । अनि उनको छोरी यही संस्थामा काम गर्थिन् ।
अनुसन्धान सकेर सीआईबीले भदौमा अभिभावकको मञ्जुरी नलिई किशोरीहरुबाट पीडादायी तरिकाले डिम्ब निष्कासन गरेको प्रतिवेदन दियो । यो बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसारको कसुर हो ।
सीआईबीको प्रतिवेदन हेरेपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गर्यो । कुनै सरकारवादी मुद्दामा सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेमा महान्यायाधिवक्ताबाटै सदर हुनुपर्छ ।
त्यसैले जिल्ला सरकारी वकिल कार्यालयले गरेको मुद्दा नचलाउने निर्णय उच्च सरकारी वकिल कार्यालयमा पुग्यो । त्यहाँबाट पनि मुद्दा नचलाउने निर्णय सदर भएपछि महान्यायाधिवक्ता कार्यालयसम्म पुग्यो ।
रोचक के छ भने यो फाइल आइपुग्दा महान्यायाधिवक्ता कार्यालयको नेतृत्वमा होप फर्टिलिटीकी लगानीकर्ता सविता भण्डारी आफैं थिइन् । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नियुक्त गरिन् ।
असोज ३० गते महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज उप्रेतीले मुद्दा नचल्ने निर्णय गरे ।
यो मुद्दा अदालतमा पुगेको भए होप फर्टिलिटीले अवैध काम गरेको हो कि होइन भन्ने निरुपण हुने थियो । तर होप फर्टिलिटीमा महान्यायाधिवक्ता भण्डारीको संलग्नताका कारण मातहतका निकाय प्रभावित भएको त होइन भन्ने प्रश्न उठेको छ ।
हामीले यस विषयमा महान्यायाधिवक्ता भण्डारीसँग पनि कुरा गर्यौं । उनले यो फाइल आफ्नो टेबलमा आएको स्वीकार गरिन् । आफूले हेर्न मिल्दैन भनेर फर्काएको बताइन् ।
साथै यो घटनामा मुद्दा चल्ने आधार नदेखिएको पनि जिकिर गर्दै भनिन्, ‘यसमा मलाई जोड्न मिल्दैन ।’
भिजिट भिसामा तीर्थराजको रेट ४० हजार
हितेन्द्रदेव शाक्यको पक्षमा सर्वोच्चको फैसला
मधेशमा २४ दिनमै ढल्यो एमाले सरकार, अर्को गठनका लागि २ दिन समय
जेनजी आन्दोलनसँग टीओबीको साइनो, प्रहरी अनुसन्धानले के देखायो ?


-1765351207.jpg)



