Cricball Show
'नेपालले विश्वकपमा इंग्ल्याण्डलाई पनि हराउन सक्छ'
- सुरुमा जानी नजानी क्रिकेट खेल्न सुरु गरियो, पछि रमाइलोका लागि खेलियो, पछि क्लब जिल्ला हुँदै नेपालको राष्ट्रिय टिमबाट पनि खेलेँ । राष्ट्रिष्य टिमबाट पनि वर्ल्ड कप खेल्ने भोक भयो त्यो पनि पूरा भयो । अहिले प्रशिक्षणतिर लागेको छु, अष्ट्रेलियामा पनि कोचिङ गर्छु, मलाई क्रिकेटको एक किसिमको लत लागेको छ ।
- अष्ट्रेलियामा पछिल्लो दुई वर्ष त क्रिकेट खेलेँ । अहिले त्यहाँ पनि प्रशिक्षणमा लागेको छु ।
- सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्यो, त्यो नेपाली क्रिकेटका लागि कोशेढुंगा थियो । त्यसपछि नै नेपालमा क्रिकेट व्यवसायिक रुपमा विकास भयो ।
- त्यतिबेला हामीले अफगानिस्तानलाई हरायौं, त्यसपछि नै नेपालले ठूला टिमहरुलाई हराउन सक्छ भन्ने देखायो ।
- एक डेढ वर्षमा नेपालले क्रिकेटमा धेरै राम्रो गरेको छ । हामीले वेष्ट इन्डिजलाई हरायौं, स्कटल्याण्डलाई हरायौं ।
- आउँदो टी–२० विश्वकपमा हामीले इंगल्याण्ड र वेष्ट इन्डिजजस्ता ठूला टिमसँग खेल्दैछौं । हामीले विश्वकपबाट देखाउनुपर्नेछ कि नेपाल पनि विश्वस्तरीय क्रिकेटका लागि तयार भइसकेको छ ।
सुवास खकुरेल नेपाली क्रिकेट टिमका पूर्वखेलाडी हुन् । पछिल्लो समय अष्ट्रेलियामा रहेका उनी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाल आएका छन् । उनी हाल लुम्बिनी लायन्सको सहायक प्रशिक्षक रहेका छन् । खकुरेलसँगको थप कुराकानी भिडियोमा हेर्नुहोस् :
प्रकाशित मिति:
शुक्रबार, मंसिर १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Cricball Show
एनपीएलको डेब्यूमै सनसनी मच्चाउने राहुल को हुन् ?
बुधबार, कात्तिक ११, २०८३
NPL फ्रेन्चाइज टिमले यसरी कमाउँछन् पैसा, यो वर्ष नाफा कमाउलान् ?
बिहीबार, असोज २९, २०८३
लिजेन्ड्री अलराउन्डर सकिबले टार्लान् पोखरा एभेन्जर्सको संकट ?
शुक्रबार, असोज १६, २०८३
NPL मा ल्याउन खोजिएको DRS कस्तो, क्यानले देला त सरप्राइज ?
शुक्रबार, असोज १६, २०८३
एनपीएलमा डीआरएस : क्यानले देला त सरप्राइज ?
शुक्रबार, असोज ९, २०८३
कर्णालीलाई च्याम्पियन बनाएको त्यो क्षण
सोमबार, जेठ ११, २०८३
ट्रेन्डिङ



-1793372443.jpeg)

-1793700912.jpeg)


