हितेन्द्रदेव शाक्यको पक्षमा सर्वोच्चको फैसला
हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।
प्राधिकरणको कार्यकारी निर्देशकलाई हटाउन प्रक्रिया नै पूरा नगरेको भन्दै अदालतले मन्त्री कुलमान घिसिङको प्रस्ताव पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिएको उल्लेख गरेको छ ।
सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भएपछि कुलमान घिसिङले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ पदमा नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए ।
त्यसै आधारमा मन्त्रिपरिषदले असोज ५ गते शाक्यलाई ऊर्जा आयोगमा पठाएको थियो र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको थियो ।
सरकारको उक्त निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दिएका थिए । न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई कार्यसम्पादन सम्झौता लेखिएको प्रक्रिया अनुसार मात्र हटाउनुपर्ने भनेको छ । त्यसो नगरेका कारण मन्त्री कुलमानको प्रस्ताव पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिएको अदालतले ठहर गरेको हो ।
हेर्नुहोस् सर्वोच्चको आदेश



रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड

-1790087654.png)






