नयाँ सरकारले नेपाली पहिचान दिलाउने 'पीएनओ' को आशा
नेपाल मूलका नेपालीले अब बन्ने सरकारले आफूहरुलाई नेपाली मूलको हो भनी पहिचान दिलाउने आशा राखेका छन् ।
बर्मा, थाइल्याण्ड, मलेसिया, फिजी लगायत संसारका विभिन्न देशमा रहेका नेपाल मूलका नेपालीहरुले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफूहरुको नेपाली पहिचानको लागि कानुनी व्यवस्था गर्ने आशा गरेको संयोजक कुमार कार्कीले बताएका छन् ।
'सरकार र एनआरएनएको नेतृत्वबाट यसमा भएको पहलकदमीलाई हामीले सकारात्मक रुपमा लिएका छौं, छिटै बन्ने नयाँ सरकारले यसबारे कानूनी व्यवस्था गरेर पहिचानको अधिकारलाई सुनिश्चित गर्ने कुरामा हामी आशावादी छौं' हाल काठमाडौंमा रहेका उनले भने ।
नेपाल मूलका नेपालीले हालै गृहमन्त्री ओमप्रकाश अर्याल, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राई, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पराश्वर ढुंगाना लगायतसँग भेट गरेर आफूहरुलाई नेपालीको पहिचान दिने व्यवस्था गर्न माग गरेको छ ।
उनले नेपाली नागरिकता नखोजेको तर पुर्खाको देशसँग जोडिन चाहेको बताए । समितिका सचिव गोपाल धितालका अनुसार नेपाल मूलका नेपालीलाई पहिचान दिँदा भविष्यमा नेपालमा लगानीका सम्भावनाहरु बढ्ने बताए ।
नेपाल बाहिर बसोबास गर्ने नेपालीहरु गैरआवासीय नेपाली संघमा संगठित छन् । केही वर्षदेखि पिपुल अफ नेपाली ओरिजिन (पीएनओ) अर्थात नेपाल मूलका नेपालीहरुको सांस्कृतिक अधिकार छलफलको विषय बन्दै आएको छ ।
गत हप्ता काठमाडौंमा भएको गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मूलका नेपालीहरुलाई समावेश गराउने विषय उठेको थियो । अध्यक्ष डा. हेमराज शर्माले नेपाल मूलका नेपालीहरुको सवाललाई गैरआवासीय नेपालीहरु सम्बन्धी विधेयकमा समावेश गर्ने बताएका छन् ।
सयौं वर्षअघि नेपाल छाडेका र अझै नेपाली भाषा, संस्कृतिको अभ्यास गरिरहेका नेपाल मूल भएका नेपालीहरुलाई अब आउने ऐनले समेट्ने उनले विश्वास व्यक्त गरे ।
मासिएको प्राचीन पोखरीले पायो आकर्षक र रमणीय रुप
बालश्रमसम्बन्धी नयाँ विधेयक : बालेनले अब भन्नु पर्दैन सरी !
कृषि अनुदानको नाममा राज्यकोषको यो हदको दुरुपयोग !
सुनसरीमा कर्फ्यु उल्लंघन भएपछि सेना सडकमा
सुरुङमार्गबाट कसरी हरायो केपी ओलीको शिलालेख ?








