जेष्ठ नागरिकहरुमा विर्सने समस्या बढ्दो
काठमाडौं । नेपाल जेरियाट्रिक्स सेन्टरमा ज्येष्ठ नागरिकहरुको अल्जाइमर रोग र डिमेन्यिासको स्क्रीनिङ गरेको छ ।
नयाँ वर्ष र मातातीर्थको अवसर पारेर सेन्टरले ६० वर्ष वा सोभन्दा बढी उमेर भएका ज्येष्ठ नागरिकको निःशुल्क रक्तचाप, मधुमेह, स्मरण शक्ति र शारीरिक जाँच कार्यक्रम राखेको थियो । सेन्टरका निर्देशक डा। जगदीशकुमार क्षेत्री भन्छन्, ‘हाम्रो थुप्रै जेष्ठ नागरिकहरुलाई विर्सने समस्या सुरु भइसकेको रहेछ । कति त डिमेन्सियाको स्थितिमा पुगिसक्नु भएको रहेछ ।’
उनका अनुसार ज्येष्ठ नागरिकहरुले विगतमा अल्जाइमर रोग र डिमेन्यिासको स्क्रीनिङ गर्ने र समस्या के हो भन्ने थाहा पाउने अवसर पाएका थिएनन् । शिविरको रिजल्टले यस्तो कार्यक्रम नियमित रुपमा देखाएको डा. क्षेत्री बताउँछन् ।
स्क्रीनिङमा सहभागीमध्ये कतिपय श्रीमान् श्रीमती नै थिए र, दुबै जनामा विर्सने समस्या देखियो । अल्जाइमर रोग वंशाणुगत हुन्छ ।
तर श्रीमान् श्रीमती दुबैमा विर्सने समस्या देखिनुले खानपान र बसोबास त होइन भन्ने पनि अध्ययनको विषय हुनसक्ने देखिएको छ । डा। क्षेत्री भन्छन्, ‘भोलि गएर हामी सबै बुढ्यौलीको बाटोमा हिँडछौं । त्यसैले आजैदेखि स्वास्थ्य जाँच गर्न सिकौं । परिवारमा भएका ज्येष्ठ नागरिकहरुको पनि स्वास्थ्य जाँच गराऔं ।’
नेपाल जेरियाट्रिक्स सेन्टर, ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूका लागि स्वस्थ बुढ्यौली, रोकथाममुखी स्वास्थ्य सेवा र स्वास्थ दीर्घायु प्रर्वद्घन गर्ने उद्देश्यले खुलेको अस्पताल हो । यो ज्येष्ठ नागरिकहरूका लागि वान स्टप शोलुसन हो ।
यहाँ अन्तराष्ट्रिय अनुभव प्राप्त जेरियाट्रिसियन, विशेषज्ञ फिजिसियन्स तथा फिजिकल मेडिसिज एण्ड रिह्याबिलिटेशन विशेषज्ञहरू कार्यरत छन् ।
बालेनको निर्देशनपछि प्रहरीको खानतलासी, आतंकित छ सुकुम्बासी बस्ती
कति खुल्छ सरकारी जागिर ?
महानगरदेखि जमेको बालेन र सस्मितको जोडी
नयाँ सरकारले नेपाली पहिचान दिलाउने 'पीएनओ' को आशा








