भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरु रायमाझी र खाण दोषी ठहर
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण दोषी ठहर भएका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले एमाले नेता रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण दोषी ठहर भएका हुन् ।
नेता रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, कांग्रेस नेता आङटावा शेर्पा, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, विचौलियाहरु केशव दुलाल र सानु भण्डारी, सन्देश शर्मा, गोविन्दकुमार चौधरी र सागर राई राज्यविरुद्धको कसुर, ठगी, लिखत कीर्ते र संगठित अपराधमा दोषी ठहर भएका हुन् ।
त्यस्तै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, खाँणका तत्कालीन पीए नरेन्द्र केसी, गृह मन्त्रालय हज कमिटीका तत्कालिन सदस्य शमशेर मियाँ, हरिभक्त महर्जन र निरन्जनकुमार खरेल राज्यविरुद्धको कसुर, ठगी, लिखत कीर्ते र संगठित अपराधको मतियारमा दोषी ठहर भएका छन् ।
बेचन झा ठगी उद्योगमा दोषी ठहर भएका छन् । भने शरणार्थी नेता टेकनाथ रिजाल परिचयपत्र कीर्तेमा पनि दोषी ठहर भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता भएकामा ८ जना फरार छन् । २२ जनाविरुद्ध मुद्दा चलेकामा टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, रामशरण केसी र टंककुमार गुरुङले भने सफाइ पाएका छन् ।
जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार अहिले उनीहरु दोषी ठहर मात्र भएका हुन् । उनीहरुको सजाय निर्धारणका लागि पुनः इजलास बस्नेछ । नेपालको कानुन अनुसार ३ वर्ष भन्दा बढी सजाय हुने कसुरमा छुट्टै इजलासले सजाय तोक्ने व्यवस्था छ । त्यस हिसाबले भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरुलाई ३ वर्ष भन्दा बढी सजाय हुने देखिन्छ ।
क्लासिकल लाइटले बदल्यो न्यूरोड-बसन्तपुरको मुहार
वाग्मतीबाटै खानेपानी निकाल्दै सरकार, वर्षायाममा मेलम्चीको विकल्प
कैदीलाई जेलमा होइन, घरमै राखेर डिजिटल ट्रयाकिङ
महिलालाई रास्वपाको उपहार : नि:शुल्क बस यात्रा, रोकिएला हिंसा ?



-1783263518.png)



