समाज
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. क्षेत्री
काठमाडौं । वरिष्ठ जेरियाट्रिक विशेषज्ञ डा. जगदीशकुमार क्षेत्री एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) को अध्यक्ष नियुक्त भएका छन् ।
नेदरल्याण्ड्सको एम्स्टरडाममा आयोजित इन्टरनेशनल एसोसिएसन अफ जेरोन्टोलोजी एण्ड जेरियाट्रिक्स (आईएजीजी) को विश्व सम्मेलनमा डा. क्षेत्रीलाई अध्यक्ष घोषणा गरिएको हो । यसअघि २१ वर्षसम्म एनपीजीको अध्यक्ष अष्ट्रेलियाका प्राध्यापक लिओन फ्लिकर थिए ।
डा. क्षेत्री जेरियाट्रिक चिकित्सा र वृद्धवस्था अनुसन्धानका लागि अन्तर्राष्ट्रिय विज्ञ हुन् । उनले एपीजीएनको नेतृत्व लिएसँगै दक्षिण एसियामा वृद्ध स्वास्थ्य सेवा र स्वस्थ बुड्यौली प्रवद्र्धनमा थप काम हुने विश्वास छ ।
उनकै नेतृत्वमा हालै मात्र नेपालमा नेपाल जेरियाट्रिक्स सेन्टर खुलेको छ ।
प्रकाशित मिति:
शुक्रबार, असार २६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
समाज
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
आइतबार, भदौ २८, २०८३
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य
शुक्रबार, भदौ २६, २०८३
रक्षाबन्धनमा काठमाडौं आउँदै थिए अनुज : दाइले खोजिरहेका छन्, रसुवादेखि चितवनसम्म
शुक्रबार, भदौ २६, २०८३
ट्रेन्डिङ








