हिथ्रोलाई उछिन्यो कोरियाली एयरपोर्टले, ६ महिनामा ३ लाख ८३ हजारले गरे यात्रा
विश्वकै सबैभन्दा ब्यस्त विमानस्थल कुन होला ?
धेरैले भन्छन्, बेलायतको हिथ्रो एयरपोर्ट ।
यो भन्नु नाजायज होइन, किनकी लामो समयदेखि हिथ्रो एयरपोर्ट प्यासेन्जर संख्याका आधारमा नम्बर एकमै रह्यो ।
तर यसपटक इन्टरनेशनल प्यासेन्जर (अन्तर्राष्ट्रिय यात्रु) मा हिथ्रोलाई उछिनेर नम्बर १ मा आएको छ, दक्षिण कोरियाको इन्चोन एयरपोर्ट ।
सन् २०२६ को सुरुका ६ महिनामा इन्चोन एयरपोर्टबाट ३ करोड ८३ लाख ९० हजार इन्टरनेशनल प्यासेन्जरले ओहोरदोहोर गरे ।
जबकी बेलायतको हिथ्रो एयरपोर्ट प्रयोग गर्ने इन्टरनेशनल प्यासेन्जरको संख्या ३ करोड ७७ लाख ९० हजार मात्र रहे ।
तेस्रो स्थानमा सिंगापुरको चांगी एयरपोर्ट रह्यो । २०२६ को सुुरुका ६ महिनामा ३ करोड ४५ लाख ३० हजार इन्टरनेशनल प्यासेन्जरले चांगी एयरपोर्ट प्रयोग गरे ।
इन्चोन एयरपोर्ट दक्षिण कोरिया प्रवेश गर्ने मुख्य गेट वे बनेको छ । यो एयरपोर्ट राजधानी सोलबाट ३० माइल अर्थात् ४८ किलोमिटर टाढा छ ।
इन्चोन एयरपोर्ट सन् २००१ देखि सञ्चालनमा आएको हो । सन् २००२ मा यो एयरपोर्ट प्यासेन्जर संख्याका आधारमा विश्वको १० औं स्थानमा थियो । २०१८ मा पाचौं अनि, २०२४ र २०२५ मा तेस्रो स्थानमा थियो ।
इन्चोन एयरपोर्टमा प्यासेन्जरको फ्लो बढ्नुको कारण हो– अमेरिका–इरान युद्ध । यो युद्धका कारण मध्यपूर्वको हब दुबईका धेरै फ्लाइटहरु कोरियातिर डाइभर्ट भएका छन् । दुबईलाई ट्रान्जिट बनाएर अन्यत्र जाने यात्रुहरुले इन्चोन एयरपोर्टको बाटो प्रयोग गर्ने गरेका छन् । एयरलाइन्सहरुले दुबईबाट दिने सेवा अहिले इन्चोन एयरपोर्टबाट दिन थालेका छन् । त्यही कारण ग्लोबल ट्राफिकमा हिथ्रो एयरपोर्टलाई पछि पार्दै इन्चोन एयरपोर्ट पहिलो बन्न सफल भयो ।
तर टोटल प्यासेन्जरमा भने अहिले पनि हिथ्रो एयरपोर्ट नै अगाडि छ । सन् २०२६ को सुरुका ६ महिनामा डोमेस्टिक र इन्टरनेशनल गरी हिथ्रोबाट ४ करोड यात्रुले आवतजावत गरेका छन् ।
त्यसैले टोटल प्यासेन्जरको हिसाब गर्दा अहिले पनि सबैभन्दा ब्यस्त एयरपोर्ट हिथ्रो नै हो । तर सम्बन्धित देशभित्र मात्र आवतजावत गर्ने प्यासेन्जर बाहेक अर्थात् इन्टरनेशनल फ्लाइटका प्यासेन्जर हिसाब गर्दा इन्चोन एयरपोर्ट नम्बर १ मा आएको हो ।
इन्चोन एयरपोर्टमा हरेक वर्ष यात्रुको संख्या बढ्दै गएको छ । एयरपोर्ट व्यवस्थापनमा अनुसार प्यासेन्जरको वार्षिक वृद्धिदर ६ प्रतिशत हाराहारी थियो । तर इरान युद्धले ह्वात्तै बढाइदिएको छ ।
हाल इन्चोन एयरपोर्टबाट १०१ एयरलाइन्सले १८३ शहरमा फ्लाइट गर्छन् । जसमध्ये १५८ वटा इन्टरनेशनल फ्लाइट हुन् ।
यो एयरपोर्टको चौथो चरणको विस्तार सन् २०२४ मा मात्र सकिएको हो । हाल यो एयरपोर्टको वार्षिक यात्रु क्षमता १० करोड ६० लाख रहेको छ ।
अब तपाईंलाई जिज्ञासा लाग्ला, नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कति यात्रुले आवतजावत गर्लान् ? सन् २०२५ को तथ्यांक हेर्ने हो भने त्रिभुवन विमानस्थल भएर ४९ लाख ६३ हजार ४६६ जना इन्टरनेशनल प्यासेन्जरले आवतजावत गरेका थिए । अनि डोमेस्टिक यात्रु चाहिँ करिब ४५ लाख जनाले प्रयोग गरेका थिए ।
त्रिभुवन विमानस्थलको यात्रु भनेको वैदेशिक रोजगारी र पढ्नका लागि विदेश जाने नेपाली, नेपाल घुम्न आउने विदेशी र विदेश घुम्न जाने नेपालीहरु हुन् । त्यो बाहेक नेपाल ट्रान्जिट भएर कुनै देश जाने गरिएको छैन । खाली नेपाल आउने र नेपालबाट बाहिरिने यात्रुले मात्र त्रिभुवन विमास्थल प्रयोग गर्छन् ।
भेनेजुयला भूकम्पमा ३२ घण्टापछि नवजात शिशु र सुत्केरीको उद्दार
भारतमा किन एकपछि अर्को पार्टी फुटाउँदैछ मोदी सरकार ?
चीन र पाकिस्तानको सीमा नजिक भारतले बनायो १३ किलोमिटर लामो सुरुङ
किमसँगै सैनिक परेडमा हिँड्ने किशोरी को हुन् ?









