पाइलट जुधेपछि विमान खस्दै थियो, यात्रुले ककपिट सम्हाले..
फ्लाई दुबईको FZ 1073 विमान । दुबई इन्टरनेशन एयरपोर्टबाट इजरायलको तेल अविवस्थित बेन गुरियेन इन्टरनेशनल एयरपोर्टका लागि उडेको थियो । विमानमा १७४ जना यात्रु थिए । अधिकांश यात्रुहरु इजरायली थिए ।
सुरुवातमा विमानको उडान सामान्य थियो । फ्लाइट ट्र्याकिङ डेटाका अनुसार विमान करिव ३४ हजार फिट क्रुजिङ अल्टिच्युटमा पुगेको थियो । यो भनेको जमिनबाट करिव १० हजार किलोमिटर माथि हो ।
सबै कुरा सामान्य थियो ।
तर उडान सुरु भएको करिव दुई घन्टा १५ मिनेटपछि विमानको फ्लाइट पाथमा अचानक बदलियो ।विमान अचानक तीव्र रुपमा तल झर्यो । त्यसपछि केही क्षण विमान माथि उठेको देखिन्छ । र, फेरि तीव्र गतिमा तल झर्यो ।
यात्रुहरुले सुरुमा त के भएको भन्ने थाहै भएन । एक यात्रुको शब्दमा भन्दा त्यो अनुभव रोलर कोस्टर जस्तो थियो ।
तर केहीको ध्यान भने ककपिट तर्फबाट आएको आवाजतिर गयो । उनीहरुमध्येका एक ड्यानियलले टाइम्स अफ इजरायललाई दिएको विवरण अनुसार उनले ककपिट तर्फबाट अलिक फरक आवाज सुने । त्यो एक प्रकारले वादविवाद वा झगडाको जस्तो थियो ।
हिथ्रोलाई उछिन्यो कोरियाली एयरपोर्टले, ६ महिनामा ३ लाख ८३ हजारले गरे यात्रा
भेनेजुयला भूकम्पमा ३२ घण्टापछि नवजात शिशु र सुत्केरीको उद्दार
भारतमा किन एकपछि अर्को पार्टी फुटाउँदैछ मोदी सरकार ?
चीन र पाकिस्तानको सीमा नजिक भारतले बनायो १३ किलोमिटर लामो सुरुङ

-1790607905.png)




-1790780961.jpg)


