नेभिगेशन
विश्व

सी जिनपिङपछि चीन कसको हातमा ?

काठमाडौं । चीनको राजनीतिमा एउटा चर्चित मान्यता थियो— सेभेन अप, ऐट डाउन । अर्थात ६७ वर्षसम्म नेतृत्वको सिढी चढ्ने, ६८ वर्ष पुगेकाहरु अवकाश लिने । 

यो संविधानमा लेखिएको नियम होइन । चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा पनि छैन । तर यो कुरा यति बलियो राजनीतिक परम्परा बनेको थियो कि जो सुकैले पनि यसलाई फलो गरे ।

सी जिनपिङले मात्र त्यो परम्परालाई तोडे । दुई कार्यकाल पूरा गरेपछि तेस्रो कार्यकाल सुरु गरे, अहिलेसम्म उनले आफ्नो स्थान लिनसक्ने उत्तराधिकारी संकेत गरेका छैनन् । 

तर अहिले एउटा प्रश्न प्रखर रुपमा आएको छ, त्यो हो–सी जिनपिङपछि चीनको नेतृत्व कसले गर्नेछ ? 

यो भिडियोमा हामी चीनमा नेतृत्व हस्तान्तरणको परम्परा, सीका सम्भावित उत्तराधिकारी र अर्को वर्ष हुने चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको महत्वबारे विस्तारमा चर्चा गर्ने छौं । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व