नेभिगेशन
समाज

महाँकाल सत्तल मल्लकालीन स्वरुपमा फर्कियो, राणाकालको कलर फ्युजन

महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण भएको छ । काठमाडौं महानगरपालिकाले सम्पदा तथा पर्यटन विभागले यसको पुनःनिर्माण गरेको हो । 

महाङ्काल मन्दिर परिसरमा रहेको चौघेरा सत्तलको कार्यवाहक प्रमुख सुनिता डंगोलले उदघाटन गरेसकेकी छिन् । 

२०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेको सत्तल पुननिर्माणका लागि २०८१ मंसिर २४ गते शिलान्यास भएको थियो । ८ करोड ९७ लाख रूपैयाँ खर्चमा पुनःनिर्माण भएको हो । 

वि. सं. १९९७ सालमा खिचिएको तस्वीरका आधारमा यसमा मल्लकालीन वस्तुकला प्रयोग गरिएको छ । यो सत्तलमा परम्परागत निर्माण सामग्री र शैली अपनाइएको छ । 

डाँछी अपा इटा, ढोका सहित संरचनाका विभिन्न स्थानमा काठको प्रयोग, झिँगटीको छानो, परिसरमा फ्लागस्टोन र भुइँमा तेलिया इटाको प्रयोग गरिएको छ । 

सत्तल ५८३.८१ वर्गमिटर क्षेत्रफलमा पुननिर्माण भएको हो । हरेक तलाको क्षेत्रफल १९४.४७ वर्गमिटर छ । यसमा जमिन तलामा ९ वटा कोठा छन् ।
पहिलो तलामा ३ वटा सभा कक्ष, एउटा कोठा र एउटा भण्डार कक्ष छन् । यस माथि बुइँगल छ । मन्दिरको पूर्व, उत्तर र दक्षिण भागमा सत्तल छ ।
पश्चिमतर्फ पर्खाल र कलात्मक प्रवेश द्वार छ ।

यो सत्तलमा रंग भने राणाकालीन शैलीमा लगाएर मल्लकाल र राणाकालको फ्युजन गरिएको छ । 

कार्यवाहक मेयर डंगोलले भवन गुठी संस्थानलाई हस्तान्तरण गर्नुअघि यसको उपयोग कसरी हुन्छ भन्ने योजनामा स्पष्ट हुन चाहेको बताइन् । 

करदाताको लगानीमा बनेको यस्ता स्मारक क्षेत्रमा व्यावसायिक क्रियाकलाप गर्ने विषयमा सहमत हुन नसक्ने उनको भनाइ थियो। यस्ता क्षेत्रमा धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने मत महानगरको छ ।  

यसबारेको यो फिल्ड रिपोर्ट 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज