रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीका अनुसार बिहीबार साँझ ५ बजेसम्म विभिन्न जिल्लामा ३५९ जनाको शव भेटिएको छ ।
रसुवामा १७ जना, नुवाकोटमा १८ जना, धादिङमा ३३ जना, चितवनमा १३२ जनाको शव भेटिएको छ । गोरखामा ३० जना, तनहुँमा २२ जना, नवलपरासी पूर्वमा ८२ जना र नवलपरासी पश्चिममा १५ जनाको शव भेटिएको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।
तर शव कसको हो भन्ने पहिचान भएको छैन । बाढीले बगाएका धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी जिल्लामा नदी किनारमा छाडेको छ । बाढी प्रभावित क्षेत्रमा अझै उद्दार चलिरहेकाले अहिले नै आफन्तहरु शव पहिचानका लागि पुग्न सकेका छैनन् । कयौं मानिसहरु अझै सम्पर्कविहीन छन् । नेपाल प्रहरीका अनुसार उद्दार गरिएका ६३ जना घाइतेहरु काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन् ।
हालसम्म २८ जना प्रहरी कर्मचारी नै सम्पर्कविहीन छन् ।
बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र त्रिशुली नदी किनारका धेरै बजारका घर बगाएको छ । सबैभन्दा धेरै प्रभावित रसुवाको टिमुरे, स्याफ्रुवेशी, मैलुङ, वेत्रावती, त्रिशुली र धादिङको बैरेनी बजार रहेका छन् ।
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?




-1787582411.jpg)


