३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
३३ वर्ष भनेको धेरै खेलाडीका लागि रिटायर्ड हुने समय हो । तर भारतमा एक जना खेलाडीले ३३ वर्षको उमेरमा राष्ट्रिय टिमबाट डेब्यू गरेका छन् ।
क्रिकेटको महारथी देश हो भारत, यहाँ क्रिकेट खेलाडीको कुनै कमी छैन । उत्तिकै प्रतिभाशाली युवा क्रिकेटरहरु पनि आइरहेका छन् । यस्तो बेला ३३ वर्षका क्रिकेटरले राष्ट्रिय टिमबाट डेब्यू गर्नु साँच्चै आश्चर्य होइन त ?
यी खेलाडी हुन्, सारांश जैन । जो कोलम्बोमा भइरहेको श्रीलंका विरुद्धको दोस्रो टेस्टमा डेब्यू गरेका छन् ।
भारतमा ३३ वर्षको उमेरमा राष्ट्रिय टिमबाट डेब्यू गर्ने उनी दोस्रा खेलाडी हुन् । यसअघि सन् १९९८ मा रोबिन सिंहले पनि ३३ वर्षकै उमेरमा डेब्यू गरेका थिए ।
सारांश जैन अलराउन्डर हुन्, उनी दायाँ हाते अफ स्पिन बलर हुन् भने ब्याट चाहिँ बायाँ हातले चलाउँछन् । चोटका कारण वासिङ्टन सुन्दर टिममा उपलब्ध नभएपछि सारांशले अवसर पाए ।
लोअर अर्डरमा आउने उनी बलिङ र ब्याटिङ दुबै माध्यमबाट टिमलाई ब्यालेन्समा ल्याउन सक्ने खेलाडी हुन् । यही क्षमताले उनलाई ३३ वर्षको उमेरमा राष्ट्रिय टिममा पर्न सफल भए ।
सारांश मध्यप्रदेशका हुन् । उनले अहिलेसम्म ५४ वटा फर्स्ट क्लास म्याच खेलेका छन् र ३१.७५ को एभरेजमा २ हजार २२३ रन बनाएका छन् । बलिङतर्फ भने २७.३० को एभरेजमा १८८ विकेट लिएका छन् ।
उनले ६७ वटा लिस्ट ए र टी–२० प्रतियोगिता खेलेका छन् । तर टेस्ट फरम्याटमा उनी सबैभन्दा मजबुद छन् ।
सारांशले पछिल्लो केही सिजन घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरिरहेका छन् ।
उनले सन् २०१४ को रणजी ट्रफीमा डेब्यू गरेका थिए । तर चर्चामा भने सन् २०२२ देखि आए । त्यसपछि उनले केवल फस्र्ट क्लास म्याच मात्र खेलिरहेका छन् ।
त्यो वर्ष उनले रणजी ट्रफीको नकआउट राउन्डमा मध्यप्रदेशका लागि १३ विकेट लिए भने हाफ सेन्चुरी पनि बनाए । त्यसैवर्ष मध्यप्रदेशले रणजी ट्रफीको उपाधि पनि जित्यो ।
पछिल्लो रणजी ट्रफी सिजन उनको करिअरमा सबैभन्दा सफल रह्यो । उनले ५७.५५ को एभरेजमा ५१८ रन जोडे । अनि २०.४३ को एभरेजमा ३० विकेट लिए ।
त्यसअघि उनले दलिप ट्रफीमा पनि शानदार प्रदर्शन गरेका थिए । सेन्ट्रल जोनका तर्फबाट खेल्दा उनले २ वटा हाफ सेन्चुरी हान्नुका साथै १६ विकेट पनि लिए । त्यो प्रतियोगितामा उनी नै प्लेयर अफ दि सिरिज पनि बनेका थिए ।
सारांश जैन यसै महिना भारत ए टिमबाट पनि श्रीलंका भ्रमणमा गएका थिए । पहिलो खेलमा उनको प्रदर्शन सामान्य रह्यो । तर दोस्रो खेलमा उनले नटआउट ७० रन जोड्नुका साथै ६ विकेट लिएका थिए ।
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
चीनले समुन्द्रमुनि सुरुङ खनेर बनाउँदैछ रेलमार्ग
इजिप्टले मरुभूमि खोतलेर बनाउँदैछ कृत्रिम नाइल नदी








