'यो उमेरमा कहाँ जाऔं, बस्न पनि कसरी बसौं !'
भदौ १० गते भोटेकोशीमा आएको बाढीले धेरै क्षति पुर्याएको ठाउँ हो नुवाकोटको वेत्रावती बजार ।
बेत्रावती बजार ठूलो व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गइरहेको थियो । उत्तरगया धामको रुपमा यो ठाउँको धार्मिक महत्व पनि उत्तिकै थियो । उत्तरगयामा गएर श्राद्ध गरेमा पितृ उद्दार हुन्छ भन्ने मान्यता छ ।
रसुवा र नुवाकोटको संगममा रहेको यो ठाउँको आधार बजार रसुवातिर र आधा नुवाकोटतिर पथ्र्यो । अहिले हेर्दा बजारको धेरैजसो भाग बगर बनेको छ । नुवाकोटतर्फ बजारको कुनामा केही घरमात्र बचेका छन् । गल्छीदेखि रसुवागढी जोड्ने डबल लेनको पक्की बाटोको नाम निशान देखिँदैन ।
बेत्रावतीका पूर्णबहादुर डंगोलको घर पनि बाढीले बस्न नमिल्ने बनाइदिएको छ । उनले भुइँचालोपछि बनाएको पक्की घरमा अहिले नदीले हिलो थुपारिदिएको छ । पहिला सडकको माथिल्लो साइडमा रहेको घर अहिले बगरको बीचमा रहेको जस्तो देखिन्छ ।
बेत्रावती बजारका धेरै मानिस बाढीमा बगेर बेपत्ता भएका छन् । भागेर ज्यान जोगाएका धेरै मानिसहरु पनि काठमाडौं र अन्यत्र आफन्तकोमा आश्रय लिइरहेका छन् । अन्यत्र आफन्त नभएका र गाउँ छाड्न मन नभएकाहरु गाउँदेखि १५ मिनेट माथि बनाइएको होल्डिङ सेन्टरमा बसिरहेका छन् ।
पूर्णबहादुरको घरमा पनि अहिले मान्छे बस्न सक्ने स्थिति छैन, उनी पनि होल्डिङ सेन्टरमा बस्छन् । दिनमा एक फेर वेत्रावती झर्छन्, घर वरपर केही अत्यावश्यक वस्तु भेटिन्छ कि भनेर खोजीनिति गरिरहन्छन् । जीवनका ६७ वर्ष उनले यहीँ बेत्रावतीमा बिताए । उनीहरुको परिवार यहाँ बसोबास गर्न थालेको चार पुस्ता भयो ।
बाढीले बगर बनाइदिए पनि अब यो उमेरमा उनलाई बेत्रावती छाड्न मन छैन तर यहाँ बस्ने पनि कसरी, पूर्णबहादुर दोधारमा छन् ।
विस्तृत विवरणका लागि भिडियो हेर्नुहोला :
बाढी पस्दा सेन्ट्रल जेलमा चल्यो गोली, केही मिनेटले जोगिए ५०० कैदीबन्दी
सर्बस्व गुमाएकी बुटीले बास मागिन्, सचीले सिंगो गाउँलाई नै आश्रय दिइन्
त्रिशुलीको बाढीमा चमत्कारिक रूपमा जोगिएको एउटा परिवार
तेस्रो तलामा पुग्दा बाढीले एकै चिहान बनाएका २३ जना को थिए ?



-1788864137.png)


