नेभिगेशन
समाज

बाढी पस्दा सेन्ट्रल जेलमा चल्यो गोली, केही मिनेटले जोगिए ५०० कैदीबन्दी

नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागार पनि त्रिशुलीको बाढीका कारण क्षतिग्रस्त भएको छ । ५०० जना भन्दा बढी अटाउने दुईवटा ब्लकमा बाढी पसेका कारण कैदी बन्दी राख्न नमिल्ने भएको छ । 

भदौ १० गते बाढी आएको दिन करिब १५ मिनेट अगाडिको पूर्वसूचनाका कारण यहाँ कैदी बन्दीको ज्यान जोगिएको छ । 

सुरक्षाकर्मीहरुले नदी नजिकको ब्लकमा बस्नेहरुलाई माथिल्लो ब्लकमा सारेका थिए । त्यस क्रममा कैदी बन्दीले भाग्न खोज्दा प्रहरीले हवाइ फायरसमेत गर्नुपरेको थियो । 

कारागारको सुरक्षाका लागि प्रहरी नायब निरीक्षकको कमाण्डमा नेपाल प्रहरीका करिब २० जना र सशस्त्र प्रहरी बलका ३० जना सुरक्षाकर्मी थिए । तर बाढी आएपछि अर्को ब्लकमा लैजान ढोका खोल्दा कैदीबन्दी भागेका थिए ।

उनीहरुले सुरक्षाकर्मीलाई ढुंगामुढाले आक्रमण गर्दा केही सुरक्षाकर्मी पनि घाइते भएका थिए । यद्यपि बाढीका कारण मानवीय क्षति भएन । सबै कैदी बन्दी सुरक्षित छन् । 

तर केन्द्रीय कारागारको प्रशासनिक भवन र प्रहरी कार्यालय हिलोले काम नलाग्ने भएको छ । प्रशासनिक भवनमा रहेका धेरै कागजात र कर्मचारीका व्यक्तिगत सामानहरु पनि बाढीले पुरिएको छ । 

बाढीबाट कसरी जोगाइयो कैदीबन्दी ? विस्तृत विवरणका लागि भिडियो हेर्नुहोला : 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज