होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य
नुवाकोटमा बाढीबाट घरबास गुमाएकाहरु अहिले अस्थायी आवासमा बसिरहेका छन् । दाता र सरकारी निकायले दिएको राहत सामग्रीको भरमा उनीहरुको जीविका चलेको छ ।
नुवाकोटको विदुर नगरपालिकाको पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा होल्डिङ सेन्टर बनाइरहेको छ । त्यहाँ देवीघाटका बाढी पीडितलाई राखिएको छ । तर यहाँ बाढी पीडितहरुको बसोबास र खानाको व्यवस्थापन भद्रगोल छ ।
जताततै हिलो छ, खाना पकाउने र खाने ठाउँको सफाइमा ध्यान दिइएको छैन । राहत सामग्रीहरु भद्रगोल छ । बाढी पीडितका लागि दाताले दिएका पुरानो कपडा असरल्ल छ । त्यहाँ पनि बाढी पीडितहरु आफूलाई ठीक हुने लुगा छनोट गरिरहेका छन् । यहाँ बाढी पीडितका लागि चामल, चिउरा, चाउचाउ, पानी जस्ता राहत सामग्री प्रशस्त आएको छ ।
तर बाढी पीडितको चाहना भने अब खाना पकाउने भाँडाकुँडा, सुत्ने ओढ्ने ओछ्याउने जस्ता सामग्रीको छ । उनीहरु सधैं होल्डिङ सेन्टरमा बस्न चाहँदैनन् ।
सानै भए पनि आफ्नो छुट्टै आवास बनाउन पाएमा परिवारका सदस्य एक ठाउँमा बस्न पाइन्छ । अनि काममा जान पाइन्छ । तर सरकार अहिलेसम्म राहतमै केन्द्रित छ । पुनस्र्थापनातिर ध्यान दिन सकेको छैन । तर अब बाढी पीडितलाई राहत मात्र होइन, टहरो हालेर बस्न मिल्ने जग्गा चाहिएको छ
हेर्नहोस् भिडियो :
रक्षाबन्धनमा काठमाडौं आउँदै थिए अनुज : दाइले खोजिरहेका छन्, रसुवादेखि चितवनसम्म
बाढी पस्दा सेन्ट्रल जेलमा चल्यो गोली, केही मिनेटले जोगिए ५०० कैदीबन्दी
'यो उमेरमा कहाँ जाऔं, बस्न पनि कसरी बसौं !'
सर्बस्व गुमाएकी बुटीले बास मागिन्, सचीले सिंगो गाउँलाई नै आश्रय दिइन्






