कृष्णभीरको नयाँ सडक सवारी गुडाउन योग्य, सबैका लागि कहिले खुल्छ ?
भदौ १० गते त्रिशुलीमा आएको बाढीका कारण काठमाडौंको लाइफ लाइन नै बन्द हुन पुग्यो । त्रिशुलीले कटान गरेपछि कृष्णभीरमा सडक नै भासियो ।
काठमाडौं प्रवेश गर्ने धेरैजसो गाडीहरु यही बाटो भएर आउने जाने गर्थे । धेरै सामान बोकेका ट्रकहरु, एलपी ग्यास बुलेट र नाइट बसहरु यही सडकबाट चल्थे । एक्कासी सडक भासिएपछि मालबाहक ट्रक, एलपी ग्यास र नाइट बस चल्ने रुट नै परिवर्तन भयो ।
ट्रक र नाइट बसहरु त्रिभुवन राजपथबाट काठमाडौं आइरहेका छन् । फर्किँदाखेरि भने कान्ति राजपथबाट फर्किरहेका छन् । तर ती सडकहरु ट्रक र नाइट बस गुड्न मिल्ने खालका छैनन् । फराकिलो र सजिलो सडक पृथ्वी राजमार्ग नै थियो ।
सडक भासिएपछि सडक विभागले पहिलेको सडक भन्दा थोरै माथि अर्को ट्रयाक खोलेको छ । त्यहाँ दुई लेनको फराकिलो सडक बनाइएको छ । तर अझै पनि सडक भन्दा माथिल्लो क्षेत्रमा चिराहरु परिरहेका छन् । विस्तृत विवरण भिडियोमा हेर्नुहोस् :
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य
रक्षाबन्धनमा काठमाडौं आउँदै थिए अनुज : दाइले खोजिरहेका छन्, रसुवादेखि चितवनसम्म
बाढी पस्दा सेन्ट्रल जेलमा चल्यो गोली, केही मिनेटले जोगिए ५०० कैदीबन्दी
'यो उमेरमा कहाँ जाऔं, बस्न पनि कसरी बसौं !'






