नेभिगेशन
समाज

नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो

पृथ्वी राजमार्गमा गल्छीदेखि मुग्लिनतर्फ करिब १ किलोमिटर अगाडि बढेपछि एउटा सानो बजार आउँथ्यो । सडकको किनारमा लहरै घरहरु बनेका थिए ।

सबैजसो घरमा कुनै न कुनै पसल थिए । होटल, किराना, फेन्सी आदि पसलहरु थिए । भदौ १० गतेको बाढीले यो बस्ती एकक्षणमै ध्वस्त पारिदियो । त्यो ठाउँ हो, धादिङको महेशखोला दोभान ।

त्रिशुलीमा आएको बाढी नजिकैको ढिस्कोमा ठोक्किएर उत्तरततर्फ पर्ने यो बस्तीमा पसेको थियो । बाढीका कारण कुनै घर सग्लो छैन । धेरैजसो घर त भत्काएकै छ । करिब ५०० मिटरसम्म माथि बाढी पसेको थियो ।

बाढीका कारण वैरेनी अस्पताल, विद्यालयलगायतका सरकारी भवनहरु पनि प्रभावित भएका थिए । यहाँ कुनै मानवीय क्षति भएन, तर मानिसहरुको लाखौंको सम्पत्ति नष्ट भएको छ । राजमार्ग छेउमा ठूलो घर बनाएर बसेकाहरु अहिले त्रिपालमुनि पुगेका छन् ।

महेश खोला दोभान ऐलानी जग्गा थियो । राजमार्ग बनेपछि मानिसहरु यहाँ झरेर व्यापार व्यवसाय गर्न थालेका थिए । अहिले यहाँका मानिसहरुको चिन्ता लाखौं खर्च गरेर बनाएको घर बगाएपछि राज्यले आफूहरुलाई बसोबासको प्रबन्ध कहाँ गर्छ ?

क्षति भएको सम्पत्तिको परिपूर्ति कसरी हुन्छ र भविष्यमा आफूहरुको रोजीरोटी के हुन्छ भन्ने छ । स्थानीय बासिन्दासँगको कुराकानीसहितको भिडियो सामग्री हेर्नुहोस् :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज