बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङले भोटेकोशी त्रिशुली बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् ।
बाढी प्रभावित १८ वर्षमुनिका बालबालिकाको कक्षा १२ सम्मको पढाइका लागि यो रकम सहयोग गरेको घलेले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् । उनका अनुसार बालबालिकाको शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य र अरु अत्यावश्यक आवश्यकता पूरा गर्न यो रकम सहयोग गरिएको हो ।
घलेको एमआईटी ग्रुप फाउन्डेसनले राष्ट्रिय बालअधिकार परिषदसँग समझदारी गरेको छ ।
घलेले बाढीबाट प्रभावित बालबालिकाका लागि अहिलेको जटिल परिस्थितिमा मात्र नभई वर्षौं वर्षसम्म सहयोग गर्ने बताएका छन् ।
‘जसले गर्दा उनीहरुलाई आफ्नो शिक्षा र अत्यावश्यक आवश्यकता पूरा गर्न र भविष्प्रति आशावादी हुन सहयोग पुग्छ’, घलेले भनेका छन् ।
सहयोगबारे शेष घलेले के भनेका छन् हेर्नुहोस् :

मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य








