नेभिगेशन
समाज

भारी वर्षाको जोखिम टर्‍यो कि अझै छ ?

मौसमसम्बन्धी एउटा पूर्वानुमानले धेरै नेपालीमा डर पैदा गरेको छ । 

असोजको ९, १० र ११ गते नेपालका धेरै क्षेत्रमा ठूलो पानी पर्छ । अझ गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना छ । हिमाली क्षेत्रमा पनि हिमपात हुन सक्छ । 

नेपालको मौसम पूर्वानुमान गर्ने निकाय मौसम पूर्वानुमान महाशाखाले नै यसो भनेको छ । स्वतन्त्र मौसमविद्हरुले पनि ठूलो पानी पर्न सक्ने देखिएको बताएका छन् । 

बंगालको खाडी नजिक विकास भएको एउटा मौसम प्रणाली माथि माथि सर्दै असोज ९ गते नेपाल प्रवेश गर्नेछ र त्यसैको कारण नेपालमा पानी पर्नेछ । 

नेपालमा विगत दुई वर्षमा असोज महिनामा परेको पानीले ठूलो जनधनको क्षति गरेको छ । २०८१ असोज १२ गतेको पानीले काठमाडौं उपत्यका, काभ्रे र मकवानपुरमा धेरै जनधनको क्षति गर्‍यो । 

गत वर्ष दशैंको बेला अर्थात् असोजमा पनि ठूलो पानी परेर राष्ट्रिय राजमार्गहरु नै बन्द हुन पुगे । इलाममा ३८ जनाले ज्यान नै गुमाए । यस वर्ष पनि ठूलो पानी पर्ने पूर्वानुमानले नेपालीलाई विगतकै वर्षा र बाढी सम्झाइदिएको छ ।

झन् यस वर्ष त हालै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका कतिपय बस्ती तहसनहस नै बनाइदिएको छ । 

असोज ९ देखि ११ गतेसम्म कति ठूलो पानी पर्छ, त्यसले के के असर देखिन सक्छ ? आज हामीले यो प्रश्न सोधेका छौं, नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता वरिष्ठ मौसमविद् विभूति पोखरेललाई  ।  

पूरा कुराकानी भिडियोमा हेर्नुहोस् :
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज