दुर्गा प्रसाईं र उनका बडीगार्ड पक्राउ
चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शन आयोजक दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले शुक्रबार झापाबाट काठमाडौं ल्याएको छ । बिहीबार भारतको आसाममा भारतीय प्रहरीले पक्राउ गरी उनलाई झापा ल्याई नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।
प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यका अनुसार प्रसाईं र उनका सहयोगी दीपक खड्कालाई प्रहरीले झापाको भद्रपुरबाट नियन्त्रणमा लिएको छ । प्रहरीले प्रसाईं राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा फरार रहेको बताएको छ ।
चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा प्रदर्शन आयोजना गरेका थिए । त्यस दिन प्रसाईं आफैंले गाडी चलाएर प्रहरी घेरा तोडेर निषेधित क्षेत्र शान्तिनगरसम्म गाडी ल्याएका थिए ।
सरकारी पक्षले दुर्गा प्रसाईंले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको बताएको छ । प्रहरीले अश्रुग्यास र गोलीसमेत चलाएको थियो । राजावादी आन्दोलनले उग्र रुप लिँदा तीनकुनेमा दुई जनाको मृत्यु भयो भने जडिबुटीमा जडिबुटी तथा औषधि कम्पनीमा आगजनी भएको थियो ।
त्यस्तै कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा लुटपाट र तोडफोड भएको थियो । व्यक्तिका घर, पसल र पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो भने सञ्चार माध्यमको कार्यालयमा पनि तोडफोड भएको थियो ।
हेर्नुहोस् प्रहरीको विज्ञप्ति

राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
दिनरात काम, तलब चाहिँ १५ हजार !
खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी


-1761836913.jpg)


-1762264790.jpg)



