समाज
मन्त्री अधिकारीलाई शिक्षा मन्त्रालयको पनि जिम्मेवारी
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई दिएका छन् ।
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि ओलीले उक्त मन्त्रालयको जिम्मेवारी अधिकारीलाई दिएका हुन् ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार ओलीले शिक्षा मन्त्रीको जिम्मेवारी अधिकारीलाई दिएको पत्र संसद सचिवालयमा पठाएका छन् । यसको औपचारिक जानकारी वैशाख १२ गते संसद अधिवेशन सुरु भएको दिन सभामुख देवराज घिमिरेले संसदलाई गराउनेछन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु २२ दिनदेखि आन्दोलनमा छन् । शिक्षक आन्दोलनकै बेला शिक्षामन्त्री भट्टराईले वैशाख ८ गते सोमबार राजीनामा दिएकी थिइन् ।
प्रकाशित मिति:
बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
आइतबार, भदौ २८, २०८३
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य
शुक्रबार, भदौ २६, २०८३
रक्षाबन्धनमा काठमाडौं आउँदै थिए अनुज : दाइले खोजिरहेका छन्, रसुवादेखि चितवनसम्म
शुक्रबार, भदौ २६, २०८३
ट्रेन्डिङ








