समाज
                                                        मन्त्री अधिकारीलाई शिक्षा मन्त्रालयको पनि जिम्मेवारी
                                                                    
                                
                            प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई दिएका छन् ।
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि ओलीले उक्त मन्त्रालयको जिम्मेवारी अधिकारीलाई दिएका हुन् ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार ओलीले शिक्षा मन्त्रीको जिम्मेवारी अधिकारीलाई दिएको पत्र संसद सचिवालयमा पठाएका छन् । यसको औपचारिक जानकारी वैशाख १२ गते संसद अधिवेशन सुरु भएको दिन सभामुख देवराज घिमिरेले संसदलाई गराउनेछन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु २२ दिनदेखि आन्दोलनमा छन् । शिक्षक आन्दोलनकै बेला शिक्षामन्त्री भट्टराईले वैशाख ८ गते सोमबार राजीनामा दिएकी थिइन् ।
                                                                    प्रकाशित मिति: 
                                            बुधबार, वैशाख १०, २०८२
                                        
                                                            
                            
                            प्रतिक्रिया दिनुहोस्
                                
                                थप
                                                समाज
                                                                        
                                                    राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
                                                                                                                    सोमबार, कात्तिक १७, २०८२
                                                                                                            
                                                
                                                    थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
                                                                                                                    आइतबार, कात्तिक १६, २०८२
                                                                                                            
                                                
                                                    राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
                                                                                                                    आइतबार, कात्तिक १६, २०८२
                                                                                                            
                                                
                                                    दिनरात काम, तलब चाहिँ १५ हजार !
                                                                                                                    शुक्रबार, कात्तिक १४, २०८२
                                                                                                            
                                                
                                                    खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी
                                                                                                                    बिहीबार, कात्तिक १३, २०८२
                                                                                                            
                                                
                                                    साम्बा बिना नै नेपालले भारतलाई हरायो
                                                                                                                    बुधबार, कात्तिक १२, २०८२
                                                                                                            
                                                ट्रेन्डिङ
                
                    

-1761836913.jpg)






