आवासीय डाक्टरको माग लिएर चिकित्सक संघ पनि सडकमा
११ वैशाख, काठमाडौं । आवासीय डाक्टरलाई ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिनुपर्ने माग गर्दै नेपाल चिकित्सक संघ पनि सडक आन्दोलनमा आएको छ ।
२०८१ माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।
तर निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकलाई मासिक २० हजार रुपैयाँ मात्र निर्वाह भत्ता दिँदै आएका छन् ।
त्यसको विरोधमा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको अगुवाइमा आवासीय डाक्टरहरुले प्रदर्शन गरिरहेका थिए । यही आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आजदेखि नेपाल चिकित्सक संघ पनि सडक आन्दोलनमा आएको हो ।
डाक्टरहरुले माइतीघरदेखि आन्दोलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउको कार्यक्रम राखेको थियो । तर प्रहरीले उनीहरुलाई स्वास्थ्य मन्त्रालय जानबाट रोकेको छ ।
बरु स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केही चिकित्सकलाई मात्र आफ्नो कार्यालयमा बोलाएका छन् ।
आवासीय डाक्टरको निर्वाह भत्ताको विषयलाई लिएर बुधबार नेपाल चिकित्सक संघको विस्तारित बैठक बसेको थियो । बैठकले आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय गर्दै सबै चिकित्सकलाई आकस्मिक र आईसीयूबाहेकको काम छाडेर संघर्षमा आउन आह्वान गरेको छ ।
चिकित्सक संघले १० देखि १२ बजेसम्म देशभरका जिल्ला प्रशासन कार्यालय घेर्न चिकित्सकहरुलाई आह्वान गरेको छ । २४ घण्टाभित्र माग सम्बोधन नभए देशभरिका आकस्मिक र सघन उपचार सेवा बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले चेतावनी दिए ।
भिजिट भिसामा तीर्थराजको रेट ४० हजार
हितेन्द्रदेव शाक्यको पक्षमा सर्वोच्चको फैसला
मधेशमा २४ दिनमै ढल्यो एमाले सरकार, अर्को गठनका लागि २ दिन समय
जेनजी आन्दोलनसँग टीओबीको साइनो, प्रहरी अनुसन्धानले के देखायो ?
आफ्नो शेयर रहेको कम्पनीलाई मुद्दा नचल्ने निर्णयले महान्यायाधिवक्ता विवादमा





-1765982600.jpg)


