आवासीय डाक्टरको माग लिएर चिकित्सक संघ पनि सडकमा
११ वैशाख, काठमाडौं । आवासीय डाक्टरलाई ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिनुपर्ने माग गर्दै नेपाल चिकित्सक संघ पनि सडक आन्दोलनमा आएको छ ।
२०८१ माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।
तर निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकलाई मासिक २० हजार रुपैयाँ मात्र निर्वाह भत्ता दिँदै आएका छन् ।
त्यसको विरोधमा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको अगुवाइमा आवासीय डाक्टरहरुले प्रदर्शन गरिरहेका थिए । यही आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आजदेखि नेपाल चिकित्सक संघ पनि सडक आन्दोलनमा आएको हो ।
डाक्टरहरुले माइतीघरदेखि आन्दोलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउको कार्यक्रम राखेको थियो । तर प्रहरीले उनीहरुलाई स्वास्थ्य मन्त्रालय जानबाट रोकेको छ ।
बरु स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केही चिकित्सकलाई मात्र आफ्नो कार्यालयमा बोलाएका छन् ।
आवासीय डाक्टरको निर्वाह भत्ताको विषयलाई लिएर बुधबार नेपाल चिकित्सक संघको विस्तारित बैठक बसेको थियो । बैठकले आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय गर्दै सबै चिकित्सकलाई आकस्मिक र आईसीयूबाहेकको काम छाडेर संघर्षमा आउन आह्वान गरेको छ ।
चिकित्सक संघले १० देखि १२ बजेसम्म देशभरका जिल्ला प्रशासन कार्यालय घेर्न चिकित्सकहरुलाई आह्वान गरेको छ । २४ घण्टाभित्र माग सम्बोधन नभए देशभरिका आकस्मिक र सघन उपचार सेवा बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले चेतावनी दिए ।
जेनजी शहीदका शालिक किन बेबारिसे ?
के हो सुस्ताको सीमा समस्या, भारतले किन गर्छ दादागिरी ?
कुन स्कुल बन्द गर्ने, कुनलाई राख्ने ? यस्तो छ सरकारको तयारी
अष्ट्रेलियाका नेपाली किन चाहदैनन् घर फर्किन ?
पोखरामा रविविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन अनुमति



-1781681783.png)
-1781759377.png)




