६ प्रहरी अधिकारी एआईजीमा बढुवा, सीआईबीमा खापुङ
नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले ६ जना डीआईजीको बढुवाको निर्णय गरेको हो ।
बढुवा हुने प्रहरी अधिकारीहरुमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी रहेका छन् । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना निकालेर उनीहरुको पदस्थापनको पनि जानकारी गराएको छ ।
जस अनुसार खापुङ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), आचार्य प्रहरी प्रधान कार्यालयको कार्य विभाग, पोखरेल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा पदस्थापन भएका छन् ।
त्यस्तै दानबहादुर कार्की प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभाग, अधिकारी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र मनोजकुमार केसी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा पदस्थापन भएका छन् ।
मासिएको प्राचीन पोखरीले पायो आकर्षक र रमणीय रुप
बालश्रमसम्बन्धी नयाँ विधेयक : बालेनले अब भन्नु पर्दैन सरी !
कृषि अनुदानको नाममा राज्यकोषको यो हदको दुरुपयोग !
सुनसरीमा कर्फ्यु उल्लंघन भएपछि सेना सडकमा
सुरुङमार्गबाट कसरी हरायो केपी ओलीको शिलालेख ?








