भारतको केआईआईटीमा अर्की नेपाली विद्यार्थी मृत भेटिइन्
भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा फेरि अर्की नेपाली विद्यार्थी मृत भेटिएकी छिन् ।
उडिसाका स्थानीय सञ्चारमाध्यमका अनुसार मृत भेटिएकी नेपाली विद्यार्थीले आत्महत्या गरेको अनुमान छ । यसअघि फागुन ४ मा पनि यही विश्वद्यालयमा बुटवलकी प्रकृति लम्साल मृत भेटिएकी थिइन् । उनले आफूमाथि एक सहपाठीबाट उत्पीडिन भोग्नुपरेको भन्दै कलेजमा निवेदन दिँदा पनि सुनुवाइ भएको थिएन ।
अहिले मृत भेटिएकी विद्यार्थीको पहिचान खुलिसकेको छैन । तर, उडिसाका प्रहरी आयुक्त एस देवदत्तले एक नेपाली विद्यार्थी मृत भेटिएको पुष्टि गरिसकेका छन् ।
यसअघि केआईआईटीमा प्रकृति लम्साल मृत भेटिएपछि विद्यार्थीहरुले निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन गरेका थिए । त्यसपछि नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले जबरजस्ती अपमानपूर्वक देश छाड्न भनेको थियो । उनीहरुलाई बसमा हालेर रेल्वे स्टेसनमा ल्याएर छाडिएको थियो ।
३ महिनापछि फेरि सोही विश्वविद्यालयमा अर्की एक नेपाली विद्यार्थीको ज्यान गएको छ ।
जेनजी शहीदका शालिक किन बेबारिसे ?
के हो सुस्ताको सीमा समस्या, भारतले किन गर्छ दादागिरी ?
कुन स्कुल बन्द गर्ने, कुनलाई राख्ने ? यस्तो छ सरकारको तयारी
अष्ट्रेलियाका नेपाली किन चाहदैनन् घर फर्किन ?
पोखरामा रविविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन अनुमति



-1781681783.png)
-1781759377.png)




