ककनीले फोहोर रोकिदिएपछि पछि हट्यो काठमाडौं
काठमाडौंको मेयरमा बालेन शाह निर्वाचित भएदेखि उनले फुटपाथ व्यापारमा रोक लगाएका छन् । उनको यो निर्णय कडाइपूर्वक कार्यान्वयन गर्न नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे सक्रिय छन् ।
फुटपाथ र सडक छेउमा सामान बेचेको देखेमा नगर प्रहरीले सामान खोस्ने र लछारपछार गरिहाल्छन् । त्यसैले अन्यत्र फुटपाथ व्यापारमा धेरै कमी पनि आएको छ ।
१० दिन अगाडि नगर प्रहरीले माइकिङ गर्दै माछापोखरीको सडकमा पनि तरकारी बेच्न पाइँदैन भन्यो । यहाँ नुवाकोटको ककनी गाउँपालिकाका किसानले तरकारी बेच्ने गरेका थिए ।
शुक्रबार बिहान किसानहरु तरकारीको भारी लिएर आउँदा त्यहाँ नगर प्रहरीको ठूलो समूह तैनाथ थियो, किसानहरुले भारी बिसाउनै पाएनन् । नगर प्रहरीले लखेट्न थालिहाल्यो । किसानहरुको भागाभाग भयो ।
तर काठमाडौंका फुटपाथ व्यापारीजस्तो ककनीका किसान चुप लागेर बसेनन् । कागती गाउँ फर्किएपछि उनीहरुले सडकमै तरकारी फाले ।
त्यसपछि काठमाडौंबाट फोहोर बोकेर आएका ट्रकहरु रोके । फोहोर रोकेपछि काठमाडौं महानगरपालिका पछि हट्यो ।
अन्तत माछापोखरीको सडकमा ककनीका किसानलाई तरकारी बेच्न दिन तयार भयो ।
राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
दिनरात काम, तलब चाहिँ १५ हजार !
खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी


-1761836913.jpg)






