ककनीले फोहोर रोकिदिएपछि पछि हट्यो काठमाडौं
काठमाडौंको मेयरमा बालेन शाह निर्वाचित भएदेखि उनले फुटपाथ व्यापारमा रोक लगाएका छन् । उनको यो निर्णय कडाइपूर्वक कार्यान्वयन गर्न नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे सक्रिय छन् ।
फुटपाथ र सडक छेउमा सामान बेचेको देखेमा नगर प्रहरीले सामान खोस्ने र लछारपछार गरिहाल्छन् । त्यसैले अन्यत्र फुटपाथ व्यापारमा धेरै कमी पनि आएको छ ।
१० दिन अगाडि नगर प्रहरीले माइकिङ गर्दै माछापोखरीको सडकमा पनि तरकारी बेच्न पाइँदैन भन्यो । यहाँ नुवाकोटको ककनी गाउँपालिकाका किसानले तरकारी बेच्ने गरेका थिए ।
शुक्रबार बिहान किसानहरु तरकारीको भारी लिएर आउँदा त्यहाँ नगर प्रहरीको ठूलो समूह तैनाथ थियो, किसानहरुले भारी बिसाउनै पाएनन् । नगर प्रहरीले लखेट्न थालिहाल्यो । किसानहरुको भागाभाग भयो ।
तर काठमाडौंका फुटपाथ व्यापारीजस्तो ककनीका किसान चुप लागेर बसेनन् । कागती गाउँ फर्किएपछि उनीहरुले सडकमै तरकारी फाले ।
त्यसपछि काठमाडौंबाट फोहोर बोकेर आएका ट्रकहरु रोके । फोहोर रोकेपछि काठमाडौं महानगरपालिका पछि हट्यो ।
अन्तत माछापोखरीको सडकमा ककनीका किसानलाई तरकारी बेच्न दिन तयार भयो ।
जेनजी शहीदका शालिक किन बेबारिसे ?
के हो सुस्ताको सीमा समस्या, भारतले किन गर्छ दादागिरी ?
कुन स्कुल बन्द गर्ने, कुनलाई राख्ने ? यस्तो छ सरकारको तयारी
अष्ट्रेलियाका नेपाली किन चाहदैनन् घर फर्किन ?
पोखरामा रविविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन अनुमति



-1781681783.png)
-1781759377.png)




